Nepal Purbadhar

सोमवार, कार्तिक २६, २०८१
Monday, November 11, 2024

सोमवार, कार्तिक २६, २०८१
Monday, November 11, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

एक सय रुपैयाँ कमाउन ७३ रुपैयाँ लगानी गर्नुपर्ने


काठमाडौं । केन्द्रिय तथ्यांक विभागले सार्वजननिक गरेको सर्वेक्षणले औद्योगिक प्रतिष्ठानले औसतमा १ सय रुपैयाँ कमाउन ७० रुपैयाँ लगानी गर्नुपर्ने देखाएको छ । यो अघिल्लो पटकको भन्दा न्यून हो ।

२०६९ मा औद्योगिक प्रतिष्ठानको लागत उत्पादन अनुपात ७५ रुपैयाँ बराबर १ सय रुपैयाँ थियो । क्षेत्रगत रुपमा भने खानी तथा उत्खनन् क्षेत्रमा २७ रुपैयाँ लगानी गर्दा १ सय रुपैयाँ कमाइ हुने देखाएको छ । त्यस्तै, सबैभन्दा बढी औद्योगिक उत्पादन क्षेत्रमा ७२ रुपैयाँ र विद्युत ग्याँस, बाफ तथा वातानुकुलित सेवा क्षेत्रमा ६८ रुपैयाँ लगानी गर्नुपर्छ । पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन क्षेत्रमा भने १ सय रुपैयाँ कमाउन ५४ रुपैयाँ लगानी गर्नुपर्नेछ ।

उद्योग प्रतिष्ठानले वार्षिक १ खर्ब ७ अर्ब तलबमा गर्छन खर्च

सर्वेक्षणअनुसार देशका कुल ६० हजार १८५ उद्योग प्रतिष्ठानहरुले आफ्नो उद्योगमा कार्यरत तलबी रोजगारहरुलाई तलब÷ज्याला तथा सुविधामा वार्षिक १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ खर्च गर्ने देखिएको छ । यो प्रतिष्ठानहरुले देशभर उद्योगमा काम गर्ने ३ लाख ८१ हजार ६८७ जनालाई दिने रकम हो । तलबमा खर्च गर्नेमा सबेभन्दा अगाडी औद्योगिक उत्पादन क्षेत्रमा ९५ अर्व ७७ करोड खर्च हुने गरेको छ । त्यस्तै, खानी तथा उत्खनन् क्षेत्रमा करिब १ अर्ब ८० करोड, विद्युत ग्याँस, बाफ तथा वातानुकुलित सेवा क्षेत्रमा ६ अर्ब ९२ करोड र पानीके आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन क्षेत्रमा ३ अर्ब ४० करोड रुपैयाँ कामदारको तलब ज्याला तथा सुविधामा खर्च हुने देखिएको हो ।

साढे ८ खर्ब लगानी गर्दा १२ खर्ब मूल्यको वस्तु तथा सेवा उत्पादन

तथ्यांक विभागले औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुले करिव ८ खर्व ४६ अर्ब ६६ करोड मूल्य बराबरको लगानी गर्दा १२ खर्व १ अर्ब १७ करोड मूल्य बराबरको बस्तु तथा सेवा उत्पादन गरेको तथांक सार्वजनिक गरेको गरेको छ । यस हिसावले यी चारवटै क्षेत्रका औद्योगिक प्रतिष्ठानहरुले नेपालको अर्थतन्त्रमा ३ खर्व ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गरेको देखिएको छ । यस सर्वेक्षणको सन्दर्भ वर्ष २०७५÷७६ को आधारमा निकालिएको तथ्यांक हो ।

कुल उद्योगमध्ये ७६ प्रतिशत २७० दिन मात्र सञ्चालन

देशभरका कुल उद्योगमध्ये औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुमध्ये ७६ प्रतिशत मात्र २७० दिन वा सो भन्दा बढी दिन संचालन भएको देखिएको छ । यसैगरी १९ प्रतिशत उद्योग प्रतिष्ठानहरु १८० देखि २६९ दिन, ४ प्रतिशत उद्योग प्रतिष्ठानहरु ९० देखि १७९ र बाँकी १ प्रतिशत उद्योग प्रतिष्ठानहरु ९० भन्दा कम दिन संचालन भएको देखिएको छ । यस सर्वेक्षणको सन्दर्भ अवधि आर्थिक वर्ष २०७५÷७६ लाई लिइएको हो । सन्दर्भ अवधी भन्नाले सर्वेक्षण गरिएको समायावधी हो ।

४० प्रतिशत उद्योगको मात्र पूर्ण क्षमतामा सञ्चालन

औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरु मध्ये ३९ दशमलव ९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको देखिएको छ । यसैगरी १८ दशमलव ७४ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५–९९ प्रतिशत, २९ दशमलव १ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५० दशमलव ७ प्रतिशत, १० दशमलव ३ प्रतिशत, उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५ देखि ४९ प्रतिशत र बाँकीले २५ प्रतिशत भन्दा कम उपयोग गरेको देखिन्छ । उद्योगहरु पूर्ण क्षमतामा नचल्नुको कारण बजार वा मागको कमीका कारण भएको ४६ प्रतिशत, कच्चा पदार्थको अपार्यप्तताका कारण १० प्रतिशत, स्रोतको कमीका कारण ८ प्रतिशत, सीपमुलक कामदारको अभावका कारण ८ प्रतिशत रहेका छन् ।

६० प्रतिशत साना उत्पादनशील उद्योग प्रतिष्ठानले कर्जा नपाउने

साना उत्पादनशिल औद्योगीक प्रतिष्ठान भन्नाले १० जना भन्दा कम व्यक्तिहरु संलग्न भएका उद्योग भन्ने बुझ्नुपर्छ । साना उत्पादनशील औद्योगिक प्रतिष्ठानमध्ये करिव ३४ प्रतिशतले मात्र वित्तीय संस्थाहरुसँग ऋण लिएको देखिएको छ । त्यस्तै, १४ ले ऋणको प्रतिबद्धता प्राप्त गरेको देखिन्छ । ५ प्रतिशत ऋण लिन प्रक्रियामा रहेको र ६० प्रतिशतले ऋण नभएको वा नलिएको र लिन प्रक्रियामा पनि नभएको बताएका छन् ।

पहिलो पटक ४ क्षेत्रलाई समेटेर औद्योगिक सर्वेक्षण

नेपालम २०२२ सालदेखि राष्ट्रिय औद्योगिक गणना थालिएको हो । पछिल्लो पटक २०६९ मा दशौं औद्योगिक गणना सञ्चालन गरेको थियो । दशौं औद्योगिक सर्वेक्षणसम्म नेपाल स्थरीय औद्योगिक वर्गीकरणको खण्ड ‘सी’ अन्तर्गत पर्ने उत्पादनशील उद्योगहरु मात्र समेटिने गरिएको थियो । यसपटकको सर्वेक्षणमा भने तीन वटा क्षेत्र थप गरिएको छ । तीनमा खण्ड बी को खानी तथा उत्खनन्, डी को विद्युत्, ग्याँस, बाफ तथा वातानुकुलित सेवा र डी खण्डमा पर्ने पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक त्रियाकलापलाई समेटिएको छ । त्यस्तै, नेपाल स्तरीय औद्योगिक वर्गीकरणमा समावेस भएका चारै औद्योगिक क्रियाकलापहरुमा पर्ने सबै ठूला र साना उद्योग प्रतिष्ठाहरुलाई समावेस गरिएको छ ।


Read Previous

देशभर औद्योगिक प्रतिष्ठानमा ५ लाख संलग्न, करिब ४ लाखलाई रोजगारी

Read Next

आगामी ३ साउनमा हुन गईरहेको ६० औं इञ्जिनियर दिवसको पूर्वसन्ध्यामा शनिबार आयोजित म्याराथन प्रतियोगिताको झलक

Leave a Reply

Your email address will not be published. Required fields are marked *