Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण

खपत नभएको विद्युत निर्यातको थालनी हुनु स्वागतयोग्यः निजी क्षेत्र


काठमाडौं । निजी क्षेत्रले देशभित्र खपत हुन नसकेर बढी भएको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा निर्यात गर्ने प्रक्रियाको थालनीको स्वागत गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले शुक्रबार विज्ञप्ती जारी गरी नेपाललको ३६४ मेगावाट विद्युत भारतीय बजारमा निर्यातको थालनी कार्यको स्वागत गरेको हो ।

नेपाल विद्युत प्राधिकरणले बढी भएको विद्युत भारत पठाउन सुरु गरेसँगै विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने क्रमको सुरुवात पनि भएको विज्ञप्तीमा भनिएको छ । ‘नेपालको विद्युत भारतीय बजारमा बिक्री हुन थाल्नुले विद्युत व्यापारको क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ,’विज्ञप्तीमा भनिएको छ,‘अहिलेलाई ३६४ मेगावाटसम्म निर्यात गर्न सक्ने अवस्थामा पुग्नु नै अत्यन्तै सुखद कुरा हो ।’

अहिले भएको थालनीले नेपालको जलविद्युतले छिमेकी देशहरूमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार र विश्वास निर्माण भएको इपानको ठहर छ । नेपालको विद्युत व्यापारको क्षेत्रमा भएको प्रगतिशील कदमले निजी ऊर्जा उत्पादकहरूमा ठूलो आशा, विश्वास र हौसला बढाएको पनि विज्ञप्तीम उल्लेख छ ।

छिमेकी देशको विद्युतको बजार सुनिश्चित भएसँगै जलविद्युत क्षेत्रमा देशी विदेशी लगानीकर्ताहरू थप आकर्षित हुने निजी क्षेत्रको विश्वास छ । विद्युत व्यापारमा अहिले सरकारको मात्रै संलग्नता रहेकोमा भोलिको दिनमा यसको जिम्मा निजी क्षेत्रलाई पनि दिनु पर्ने इपानको माग छ ।

प्राधिकरणले शुक्रबारबाट नेपालको कूल ३६४ मेगावाट विद्युत भारतीय बजारमा पठाएको छ । निजी क्षेत्रको लिखु–४ को ५१ मेगावाटसहित प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमर्स्यादीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट विद्युत निर्यात भइरहेको छ ।

हालका दिनमा नियमित भइरहेको वर्षाले नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरूपमा खपत गरी बढी भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

हालका दिनमा नियमित भइरहेको वर्षाले नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरूपमा खपत गरी बढी भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार हुने गर्दछ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

प्राधिकरणले शुक्रबारका लागि विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश: १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२ रुपैयाँ (७.१४ भारु) पाएको छ ।


Read Previous

नागढुंगा सुरुङमार्ग सम्पन्न गर्न अब ४७ प्रतिशत बाँकी

Read Next

मध्यतमोर आयोजना ६६ प्रतिशत सकियो, एक महिनामा मुख्य सुरुङ छेडिने

Leave a Reply

Your email address will not be published.