Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

भारतमा नेपालको विद्युत प्रतियुनिट १९ रुपैयाँसम्म बिक्यो, कालीगण्डकी ‘ए’को पनि निर्यात


काठमाडौं । नेपालको विद्युत भारतीय बजारमा प्रतियुनिट १९ रुपैयाँसम्म बिक्री भएको छ । कोइला अभावले ऊर्जा संकट झेलिरहेको भारतमा नेपालको विद्युतले राम्रो मूल्य पाएको हो ।

बिहीबारबाट निर्यात सुरु भएको विद्युतले अधिकतम प्रतियुनिट १९.२ रुपैयाँ (१२ भारु) सम्म प्राप्त गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार शनिबार प्रधिकरणले अधिकतक प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु) मा विद्युत बिक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ ।

पहिलो पटक निर्यात भएको बिहीबारको दिनको अधिकतम प्रतियुनिट १९.२ रुपैयाँ (१२ भारु) हुँदा न्युनतम प्रतियुनिट विद्युतको मूल्य ३.९८ रुपैयाँ (२.४९ भारु) हुँदा औसत मूल्य प्रतियुनिट १०.७६ रुपैयाँ (६.७२ भारु) तय भएको थियो ।

शनिबार रातिबाट निर्यात हुने नेपालको विद्युतले पनि भारतीय बजारमा अधिकतम प्रतियुनिट १९ रुपैयाँ (१२ भारु) सम्म पाउने घिसिङले बताए । उनका अनुसार शनिबार रातिबाट निर्यात हुने विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) छ ।

‘भारतमा आज रातिबाट निर्यात हुने हाम्रो विद्युतले न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) पाउने छ,’ उनले भने, ‘औसत दर ११.२ रुपैयाँ (७ भारु) हुँदा अधिकतम १९ रुपैयाँ (१२ भारु) सम्म पुग्नेछ ।’ उनले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार हुने बताए । यही कारण हरेक ब्ल्कको प्रतियुनिट विद्युतको मूल्य फरक फरक हुने गरेको छ

कालीगण्डकीको विद्युत पनि निर्यात

विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रको विद्युतगृहबाट उत्पादित विद्युत भारतीय बजारमा निर्यात हुने भएकपो छ । शनिबार राति १२ बजेबाट यो जलविद्युत केन्द्रबाट उत्पादन हुने विद्युत भारततर्फ निर्यात हुन लागेको हो ।

कालीगण्डकी ‘ए’को विद्युत निर्यात हुन सुरु भएसँगै नेपालतर्फबाट भारतीय बजारमा १७७.७ मेगावाट विद्युत जानेछ । विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ ।

शनिबार रातिबाट कालीगण्डकी ‘ए’ को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने घिसिङले जानकारी दिए । वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत प्राधिकरणले भारत निर्यात गर्न थालेको हो । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिश्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ ।


Read Previous

निजगढ विमानस्थल बन्छ, यो मेरो प्रतिबद्धता भयोः अर्थमन्त्री

Read Next

प्रसारण समस्याले मिस्ट्री खोला पूर्ण क्षमतामा चल्न पाएन, १० मेगावाट विद्युत खेर

Leave a Reply

Your email address will not be published.