Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

भोटेकोसी-१ आयोजनामा ४ बैंकले लगानी गर्दै, ५ अर्ब ९८ करोड ऋण प्रवाह हुने


काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । शैलुङ पावर कम्पनीले अघि बढाएको आयोजनामा नेपाल इनफ्रास्ट्रक्चर बैंकको अगुवाईमा सेन्चुरी कमर्सियल, माछापुच्छ्रे र राष्ट्रिय बाणिज्य बैंक ऋण लगानी गर्न सहमत भएका हुन् ।

आयोजनाको प्रवद्र्धक कम्पनी र बैंकहरूबीच बिहीबार पुरक ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार अगुवाई गरेको नेपाल इनफ्रास्ट्रक्चरले आयोजनामा २ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तै, सेन्चुरी र माछापुच्छ्रे बैंकले समान १ अर्ब ५० करोड (जम्मा ३ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने भएका छन् । राष्ट्रिय बाणिज्य बैंकले पनि ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको कम्पनीका सञ्चालक रमेश गौतमले बताए ।

‘हाम्रो आयोजना निर्माण गर्न पहिले नै ऋण लगानी सम्झौता सम्पन्न भइसकेको थियो,’ उनले भने, ‘अहिले ४ वटा बैंकसँग फेरि पुरक ऋण लगानी सम्झौता गरेका हौं ।’ उनले कूल ७ अर्ब ९७ करोड ५० लाख रुपैयाँ लागत रहने आयोजनामा बैंकहरूले ५ अर्ब ९४ करोड रुपैयाँ ऋण प्रवाह गर्ने बताए ।

२ अर्ब ३ करोड ५० लाख रुपैयाँ कम्पनीको लगानी हुनेछ । बैंकहरूबाट हुने ऋण लगानी कूल लागतको ७५ प्रतिशत भएको गौतमले जानकारी दिए । २५ प्रतिशत लगानी स्वपुँजी हो । कम्पनीले स्वपुँजी लगानी जुटाउन त्यसको २५ प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरेर बिक्री वितरण गर्नेछ ।

भोटेकोसी गाउँपालिकाको १, ३, ४ र ५ नम्बर वडामा संरचना रहने गरी आयोजना निर्माणमा गएको छ । यो आयोजना अबको ३ वर्षभित्र निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने कम्पनीले जनाएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी बाह्रबिसे सबस्टेसनमा जोडिने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको थियो । तर, आयोजनाको विद्युतगृह नजिकै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ आयोजनाको स्वीचयार्डमा जोडि त्यहाँबाट वैकल्पिकरूपमा लामोसाँघु सबस्टेसनमा लगेर जोडिने तय भएको छ ।

विद्युत उत्पादन गर्दा पानीको बहाव ४३.९८ क्युसेक मिटर प्रतिसेकेन्ड हुने गरी आयोजना डिजाइन गरिएको छ । आयोजनाको हेड ११३.५ मिटर रहनेछ । मुख्य सुरुङ २.६४८ किलोमिटर लामो हुनेछ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २३१.८१ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिनेछ ।


Read Previous

पूर्वाधार संरचना र आर्थिक विकास

Read Next

बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापनमा मन्त्रालय र महानगरबीच समन्वय गरिने

Leave a Reply

Your email address will not be published.