Nepal Purbadhar

फापरखेत पहिरोले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग सञ्चालन


म्याग्दी । फापरखेतमा निरन्तर पहिरो खसेपछि अवरुद्ध बेनी-दरबाङ सडकको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। मङ्गला गाउँपालिकाले पखेर-बरञ्जा-ज्यामिरे-सातबिसे-बाबियाचौर सडक मर्मत गरी आइतबार दिउँसोदेखि यातायात सञ्चालन गरेको हो।

वैकल्पिक मार्गमा मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चल्न सक्ने मङ्गला गाउँपालिका-३ का वडा सदस्य हरि गिरीले जानकारी दिए। दसैंमा घर फर्किने यात्रुलाई सहज बनाउन वैकल्पिक सडक सञ्चालन गरिएको हो।

फापरखेतमा पहिरो निरन्तर खसिरहेकाले मुख्य सडक खुलाउने काम सुरू हुन सकेको छैन। बेनी-दरबाङ सडक म्याग्दीका मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग हो।


Read Previous

आँबुखैरेनीमा पूर्वाधार विकास तीव्र, सडक र खानेपानी विस्तारमा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar