Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

चीनले कोइलामा आधारित थर्मल प्लान्टलाई १ अर्ब ५० करोड डलर सहायता दिने


काठमाडौं । चीनले आर्थिक संकट झेलिरहेका थर्मल प्लान्टको सहायतका लागि १ अर्ब ५० करोड अमेरिकी डलर (१० अर्ब युआन) सहायता उपलब्ध गराउने भएको छ । चीनको मन्त्रीपरिषदले राज्य स्तरमा कोइलाबाट सञ्चालन भई विद्युत उत्पादन गरिरहेका थर्मल प्लान्टमा लगानी गर्ने प्रतिबद्धता जनाएको हो ।

चीनले आर्थिक संकट झेलिरहेका थर्मल प्लान्टबाट नियमित विद्युत उत्पादन गर्ने वातावरण तयार गर्न वित्तीय राहत दिने उद्देश्यले यति ठूलो रकम लगानी गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । थर्मल प्लान्टमा आउने लगानी अर्थ व्यवस्थालाई चलायमान बनाई रोजगारीको अवसर सृजना गर्न त्यहाँको प्रान्त परिषदले घोषणा गरेको बृहत नीतिगत प्याकेज अन्तर्गतको हो ।

नीतिगत प्याकेज अन्तर्गत केन्द्रीय सरकार सम्मेलित नवीकरणीय ऊर्जाका आयोजनाका लागि पनि ५० अर्ब युआन अनुदान छुट्याइएको समाचारमा जनाइएको छ । मन्त्रि परिषदका अनुसार चीनले कोइलामा आधारित थर्मल प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्न सहज नीतिगत व्यवस्था गर्नेछ ।

अन्तर्राष्ट्रि बजारमा कोइलाको मूल्यमा भएको भारी वृद्धि तथा गत वर्ष चीनमा ऊर्जा संकटको अवस्था आएको थियो । ऊर्जा अभावमा त्यहाँका उद्योगहरूको उत्पादनमा भारी कटौती भएको थियो । यो वर्ष कोइला अभावमा ऊर्जा संकट आउन नदिन थर्मल प्लान्टहरूलाई आर्थिक सहायत उपलब्ध गराएर पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण तयार गरेको समाचारमा उल्लेख छ ।

कोइला अभावमा पूर्ण क्षमतामा सञ्चाला हुन नसकेपछि अधिकांश थर्मल प्लान्ट घाटामा गएका थिए । ऊर्जा गत वर्ष संकटका कारण उद्योगहरूको उत्पादनमा कटौती भएपछि चीनले ३३ हजार मेगावाटका नयाँ थर्मल प्लान्टको निर्माण सुरु गरेको थियो । जुन सन् २०१६ यताकै बढी हो ।

अहिले कोइलामा आधारित थर्मल प्लान्टमा लगानी गरिरहे पनि सन् २०२६ पछि कोइलाको खपतमा कटौती गर्दै नवीकरणीय ऊर्जाको उपयोग बढाउँदै जाने चीनको लक्ष्य छ । सोधकर्ताहरूले भने सन् २०२५ सम्ममा थप १ लाख ५० हजार मेगावाटका कोइलामा आधारित थर्मल प्लान्ट सञ्चालनमा आउने बताउँदै आएका छन् ।


Read Previous

उपल्लो खिम्ती-२ जिरी सबस्टेसनमा जोडियो, माथिल्लोले साताको अन्त्यबाट उत्पादन थाल्ने

Read Next

सार्वजनिक निकायअन्तर्गत कुन कुन निकाय/संस्थाहरु पर्छन ?

Leave a Reply

Your email address will not be published.