Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

१११ वर्षमा विद्युत जडित क्षमता २१ सय ५४ मेगावाट


काठमाडौं । देशको कूल विद्युत जडित क्षमता २१ सय ५४ मेगावाट पुगेको छ । विद्युत (जलविद्युत) उत्पादन सुरु भएको १११ वर्ष पूरा हुँदै गर्दा नेपाल विद्युत प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रले लगानी गरी निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएका आयोजनाको यति विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

बि.सं १९६८ सालमा पहिलो पटक ५ सय किलावाटको फर्पिङ जलविद्युत केन्द्रबाट विद्युत उत्पादन सुरु गरिएको थियो । अहिले त्यसको करिब १ सय ११ वर्षपछि पछिल्लो पटक लमजुङमा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएसँगै विद्युत जडित क्षमता साढे २१ सय मेगावाटबाट उकालो लागेको हो । न्यादी आयोजना परीक्षण पूरा गरी व्यापारिक विद्युत उत्पादनको चरणमा पुगेको छ ।

यसअघि संखुवासभामा निर्माण सम्पन्न भएको ८.५ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत आयोजनाले व्यापारिक विद्युत उत्पादन थालेको प्राधिकरणको तथ्यांकले देखाएको छ । यो अवधिमा जलविद्युत, सौर्य विद्युत, थर्मल प्लान्ट तथा चिनी उद्योगबाट उत्पादित विद्युत प्रसारण प्रणालीमा जोडिएको छ ।

कूल जडित क्षमतामा प्राधिकरणका आयोजनाले उत्पादन गरेको विद्युत ६ सय ४९ मेगावाट छ । प्राधिकरणले प्रसारण प्रणालीमा योगदान गरिरहेको यो जडित क्षमता साना, ठूला जलविद्युत, थर्मल प्लान्ट र सौर्य विद्युत आयोजनाबाट उत्पादन भइरहेको हो ।

विद्युत प्राधिकरणका सहायक कम्पनीमार्फत लगानी भएका आयोजनाले उत्पादन गरेको जडित क्षमता ५ सय ३८ मेगावाट छ । सहायक कम्पनी अन्तर्गत ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, २२ मेगावाटको चिलिमे र ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना सञ्चालनमा छन् ।

प्राधिकरणले माथिल्लो तामाकोसी र चिलिमे आयोजना सहायक कम्पनीमार्फत निर्माण गरेको हो । विदेशी लगानीमा निर्माण भएको खिम्तीको आधा स्वामित्त्व प्राधिकरणमा आइसकेपछि यो आयोजनालाई पनि सहायक कम्पनी अन्तर्गत राखिएको हो ।

यस्तै, निजी क्षेत्रले राष्ट्रिय प्रसारण प्रणालीमा गरेको योगदान ठूलो छ । करिब ३ दशकअघि मात्रै जलविद्युत क्षेत्रमा प्रवेश गरेको निजी क्षेत्रले यो अवधिमा जडित क्षमता ९ सय ६७ मेगावाट पुर्याएको छ । अहिले निजी क्षेत्रले निर्माण गरेका १ सय २६ विद्युत आयोजनाले विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा योगदान गरिरहेको प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ ।

निजी क्षेत्रले जलविद्युतसँगै सौर्य र चिनी उद्योगबाट पनि विद्युत उत्पादन गरी प्रसारण प्रणालीमा जोडेको छ । विभागका अनुसार माथिल्लो हेवा व्यापारिक विद्युत उत्पादन सुरु गर्ने पछिल्लो आयोजना हो । यो आयोजनाले २०७८ चैत १९ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको थियो ।

चालू आर्थिक वर्षको १० महिनामा २० विद्युत आयोजना प्रसारण प्रणालीमा जोडिएका छन् । जसमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित १५ जलविद्युत आयोजना छन् । ४ वटा सौर्य विद्युत आयोजना छन् । यो अवधिमा एउटा चिनी उद्योगले पनि ३ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडेको छ । सर्लाहीस्थित इन्दुशंकर चिनी मिलले उखुको बगासबाट उत्पादन भएको विद्युत प्रसारण प्रणालीमा जोडेको हो ।

यो आर्थिक वर्षमा तामाकोसीसहित ६ सय ६१ मेगावाट विद्युत प्रसारण प्रणालीमा थपिएको छ । साउन यता ९.९ मेगावाटको काबेली ‘बी’–१ क्यासकेड, ५ मेगावाटको तल्लो तादी, २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला, २४.२ मेगावाटको लिखु ‘ए’, ६.६ मेगावाटको साप्सु खोला, ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेका छन् ।

४ मेगावाटको माथिल्लो छ्याङ्दी, ४२.४ मेगावाटको लिखु-४, ६.२ मेगावाटको तल्लो जोगमाई, २० मेगावाटको तल्लो मोदी, ९.५ मेगावाटको माईबेनी, ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र २५ मेगावाटको सिंगटी खोलाले पनि यही अवधिमा विद्युत उत्पादन सुरु गरेका हुन् । थप १३ मेगावाटका ४ सौर्य विद्युत आयोजनाले उत्पादन गरेको विद्युत चालू आर्थिक वर्षमा प्रणालीमा आएको छ ।


Read Previous

स्थानीय तह चुनावमा कुन राजनीतिक दलको पूर्वाधार विकासका घोषणा के ?

Read Next

२८ वर्षमा विद्युत माग ३० हजार मेगावाट पुग्ने, उच्च क्षमताका सबस्टेसन र प्रसारण लाइन निर्माण गरिने

Leave a Reply

Your email address will not be published.