Nepal Purbadhar

आईपीओ प्रक्रियामा कडाइ: वित्तीय विवरण रिभ्यु गर्नैपर्ने



काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि आवेदन दिने संस्थाहरूको वित्तीय विवरण अब अनिवार्य रूपमा पुनरावलोकन (रिभ्यु) गरिनुपर्ने भएको छ।

यससम्बन्धी नयाँ मापदण्ड २०८३ साल वैशाख १ गतेदेखि लागू भएको छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १० अन्तर्गत बोर्डलाई प्राप्त विशेषाधिकार प्रयोग गर्दै यस्तो व्यवस्था गरिएको हो। नयाँ मापदण्डअनुसार आईपीओ निष्काशन गर्न चाहने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेश गर्ने आर्थिक विवरण र वित्तीय प्रतिवेदनलाई आवश्यकता अनुसार लेखा विशेषज्ञबाट पुनरावलोकन वा जाँच गराउनुपर्नेछ।


यसअघि पनि कानुनी व्यवस्था रहे पनि अब आईपीओका लागि आवेदन गर्ने संस्थाको वित्तीय विवरणलाई अनिवार्य रूपमा पुनरावलोकन गरी पारदर्शिता कायम गर्नुपर्ने प्रावधान स्पष्ट गरिएको छ। यसले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने र वित्तीय जानकारीलाई विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।
सञ्चालक बोर्डले सार्वजनिक निष्काशन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन यस्तो मापदण्ड तयार गरी लागू गरेको जनाएको छ।


Read Previous

सिँचाइ आयोजना अब अलपत्र नछोडिने, सुनकोशी–मरिनको ठेक्का ९० दिनभित्र: मन्त्री श्रेष्ठ

Read Next

इप्पान सरोकारवाला होइन साझेदार निकाय हो : ऊर्जामन्त्री श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar