
काठमाडौ । निर्वाचनको दिन नजिकिएसँगै देशभर मौन अवधि लागु भएको छ ।

सोमबार राति १२ बजेदेखि ४८ घण्टाको लागि मौन अवधि सुरु भएको हो । यो अविधमा मत माग्ने तथा अन्य राजनीतिक गतिविध गर्न पाइँदैन ।

यसैबीच झापा-५ मा मौन अवधिको उल्लंघन हुन थालेपछि प्रहरीले सक्रियता देखाएको छ । चेकजाँच कडा बनाइएको छ भने शंकास्पद गतिविधिमा निगरानी बढाइएको छ । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी






