
सांकेतिक तस्बिर ।
काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले ३३ हजार भोल्टको सिंगल सर्किट प्रसारणलाइन निर्माण गर्ने भएको छ । ९.९ मेगावाटसम्मको विद्युत प्रसारणका लागि कम्पनीले उक्त प्रसारणलाइन निर्माण गर्न लागेको हो ।
प्रसारणलाइन पाँचथरको फालेलुङ गाउँपालिका-१ मा निर्माणाधीन हेवाखोला ए जलविद्युत आयोजनाको स्वीचयार्डदेखि सोही जिल्लाको फालेलुङ गाउँपालिका, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिका भई विद्युत प्राधिकरणको फिदिम सबस्टेसनसम्म निर्माण हुनेछ ।
यो प्रसारणलाइन ११.२४ किमीको हुनेछ । हेवा खोला ए बाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न यो प्रसारणलाइन निर्माण गर्न लागिएको हो ।
१४० वटा स्टील ट्युबुलर पोलहरु रहने छन् । पोलको उचाई १३ मिटर तथा पोलहरुबीचको औसत दुरी ६३.१२ मिटर हुनेछ । यो प्रसारणलाइन १२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।