
काठमाडौं । घान्द्रुक कास्की जिल्लाको सुन्दर पर्यटकीय गाउँ हो ।
नेपालको पर्यटन राजधानीको रूपमा रहेको पोखराबाट छोटो समयमै पुग्न सकिने घान्द्रुक अन्नपूर्ण गाउँपालिकामा पर्ने र पदयात्रा पर्यटनका लागि विश्व सामु प्रसिद्ध छ ।
अन्नपूर्ण चक्रीय क्षेत्रमा रहेका यो गाउँ समुन्द्रि सतह देखि १,९४० मिटर उचाइमा रहेको छ ।

अन्नपूर्ण चक्रीय क्षेत्रको प्रसिद्ध गन्तव्य माछापुच्र्छे, अन्नपूर्ण आधारशिवीर यसै गाउँ हुँदै जान सकिन्छ । घान्द्रुक-घोरेपानी पदयात्रा पनि विश्व पर्यटन माझा लोकप्रिय पदयात्रा मार्ग हो ।
घान्द्रुक गाउँ गुरुङ संस्कृति, कलाकालागि पनि प्रख्यात छ । यहाँका पुरानो शैलीका ढुङ्गाले छाएका घरहरु पनि उतिकै आकर्षक छन् र मौलिक घरमा सञ्चालन गरिएको होमस्टे यहाँको अर्को आकर्षण बनेको छ।

यस्तै गरि पछिल्लो समयमा यस पदयात्रा क्षेत्रमा सडक खनिएपछि पदयात्रा छोटीएको छ । लमजुङको बेसीसहर, मनाङको ताल, चामे, मनाङ थोरङला भन्ज्याङ्ग पास गरेर मुत्तीनाथ, जोमसोम तातोपानी, घोरेपानी, घान्द्रुक हुँदै २१ दिनमा मात्र पर्यटक पोखरा आइपुग्थे । सडकको कारण २१ दिनको चक्रिय पदयात्रा छोटीएर अहिले ५ देखि ६ दिनमा झरेको छ । घान्द्रुक गाउँ सम्मै अहिले मोटरमै पुग्न सकिन्छ । हिडेर जान चाहानेलाई भने छुट्टै पदयात्रा मार्ग पनि छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।