Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएर समायोजन गरेको हो ।

निगम सञ्चालक समितिको शनिबारको निर्णयानुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । निगमले घटेको मूल्य राति १२ बजेदेखि लागू भएको जनाएको छ ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा१६२.५०, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १६५ मूल्य कायम भएको छ ।

त्यसैगरी, डिजेल र मट्टितेलमा पहिलो वर्गअन्तर्गत १४९.५० रुपैयाँ, दोस्रो वर्गअन्तर्गत १५१ र तेस्रो वर्गअन्तर्गत १५२ रुपैयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।


Read Previous

रोल्वालिङ खोलाको इलेक्ट्रोमेकानिकलको काम बिएफएल हाइड्रो इन्डियाले गर्ने

Read Next

मेलम्ची बाढीको ३ वर्ष: पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित

Leave a Reply

Your email address will not be published. Required fields are marked *