Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

सम्झौता तोडिएको ९ महिनापछि लोकमार्गको बिहुँ खण्ड कालाेपत्र गर्न पुनः ठेक्का आह्वान  


बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त बागलुङको बिहुँ खण्ड कालोपत्र गर्नका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । ठेक्का सम्झौता गरेको सात वर्षसम्म कालोपत्र नगर्ने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बिहुँ खण्डको निर्माण व्यवसायीसँग रद्द गरिएको ठेक्का ९ महिनापछि पुनः खुलाइएको हाे ।

आगमी असारभित्रै निर्माण व्यवसायीलाई काममा ल्याउनेगरी ठेक्का खोलिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गस्थित अलपत्र बागलुङको बिहुँ खण्डको १२ किमि सडक कालोपत्रका लागि पुनः ठेक्का लगाइएपछि आन्दोलनरत स्थानीयवासी खुसी भएका छन् ।

२ वर्षमा सक्नुपर्नेकाम पाँच पटक म्याद थाप्दा समेत काम नगर्ने निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरेर पुनः २४ करोड रुपैयाँ लागतमा ठेक्का लगाउनका लागि निर्माण व्यवसायीसँग आह्वान गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले बताए।

अधिकारीका अनुसार ७२ प्रतिशत भौतिक प्रगति गरेको निर्माण व्यवसायीसँग ठेक्का रद्द गरी पुनःमूल्याङ्कनका आधारमा ९ महिनापछि ठेक्कामा गएको हो । हालसम्म सम्पन्न भइसकेको भौतिक पूर्वाधारका आधारमा बाँकी गर्नुपर्ने काम र थप काम समेत गरी १२ किमि सडकमा २४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको सूचना अधिकारी तथा इञ्जीनीयर पवन सुवेदीले बताए ।

बागलुङको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ साल माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । “पाँच पटक ठेक्का सम्झौता म्याद थप भए पनि काम नहुँदा गत असार १० गते मध्यपहाडी पुष्पलाल लोकमार्गले ठेक्का रद्द गरेको थियो”, उनले भने, “ठेक्का सम्झौता रद्द गरिएको ९ महिनापछि गत चैत ३० गते ठेक्का आह्वान गरिएको छ, आगमी असारसम्म सडक निर्माणमा खटिनेगरी निर्माण व्यवसायी छनोट गरेर पठाउछौँ ।”

२ दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयवासीले सङ्घर्ष समिति निर्माण गरेरै चरणबद्ध आन्दोलन गर्दै आएका छन् । स्थानीयको माग अनुसारनै ठेक्का सम्झौता रद्द गरी पुन ठेक्का लगाइएको आयोजनाले जनाएको छ ।

पुनः ठेक्का लगाइएको सडकमा दुई वर्षभित्रै कालोपत्र सक्ने योजना मध्यपहाडी लोकमार्गको छ । २०५४ मै बाटो आउँदा हर्षित बनेका बागलुङको बिहुँका स्थानीय सडक कालोपत्र नुहँदा हिउँदमा धुलो र बर्खामा धुलोले आजित बनेका छन् ।

सडक कालोपत्रमा चरम लापरबाही भएपछि स्थानीयवासीले आन्दोलनको विकल्प नभएको भन्दै पटक–पटक सडक अवरुद्ध गर्दै आएको र अहिले पुनःठेक्कामा जाँदा स्थानीयवासी केही आशावादी रहेको स्थानीयवासी डिलप्रसाद कँडेलले बताए ।


Read Previous

‘हिमालयन हाइड्रो एक्स्पो सफल बनाउन मन्त्रालयले पूर्ण सहयोग गर्नेछ’

Read Next

उपल्लो दुखुमा पोल गाडेको ४ वर्षपछि बल्ल बिजुली बल्यो   

Leave a Reply

Your email address will not be published.