Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र

२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   


पर्वत ।  लामो खडेरीका कारण पर्वतका किसान आक्रान्त भएका छन् । वर्षा नहुँदा उनीहरूले बर्खे बाली लगाउन पाएका छैनन् भने हिउँदे बाली सुक्न थालेकामा चिन्ता व्यक्त गरेका छन् ।

फलेवासका किसानको अवस्था भने अलि पृथक छ । फलेवास नगरपालिका वडा नं ६ को देवीस्थान र चौबिसकुरियामा निर्माण गरिएका दुईवटा भूमिगत सिँचाइ आयोजनाबाट स्थानीयले खेतबारी सिँचाइ गर्न थालेका हुन् । ३०–३० लाख रुपैयाँ लागतमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले दुईवटा आयोजना निर्माण गरी सञ्चालनमा  ल्याएपछि खेती गर्न सहज भएकाे  हो ।

जमिनमुनिको पानी तानेपछि अहिले हिउँदे बालीमा सिँचाइ गर्न सहज भएको स्थानीय किसान रमेश चापागाईँले बताए । चौबिसकुरियामा निर्माण भएको भूमिगत सिँचाइ आयोजनाबाट प्रतिसेकेण्ड १२ लिटरका दरले पानी निस्किएको छ । देवीस्थान भूमिगत सिँचाइ आयोजनाबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको उनले बताए ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पर्वतका प्राविधिक लोकबहादुर खड्काका अनुसार दुवै आयोजनाबाट २० हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । दुवै आयोजनाबाट प्रतिघण्टा तीन रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ ।

स्थानीय किसानले पालैपालो जमिन सिँचाइ गर्ने गरेका छन् । गहुँ, आलुमा सिँचाइ गरिसके स्थानीयले अब खेतमा मकै छर्न सिँचाइ गरिरहेको सिकन रमेश चापागाईँले जानकारी दिए ।

भूमिगत सिँचाइ आयोजना निर्माणपछि हिउँदका तीन महिना बाँझै रहने खेतबारीमा अहिले बाह्रैमास खेती लगाउन सहज भएको छ । आयोजना सञ्चालनपछि स्थानीयले गहुँ, जाै, तोरी, आलुलगायतमा सिँचाइ गरिसकेका छन् भने अब मकै छर्ने तयारी गरेका छन् ।


Read Previous

विद्युत बक्याैता ७४ लाख नाघेपछि कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको लाइन काटियो   

Read Next

ढुवानी व्यवसायको जग बसाउने प्रितम सिंह सम्मानित, सुरक्षित ढुवानीका लागि गण्डकी विश्वविद्यालयसंग सम्झौता

Leave a Reply

Your email address will not be published.