Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

ठेक्का सम्झौता रद्द गर्ने चेतावनीपछि मालढुंगा-बेनी सडक निर्माणले गति लियाे   


पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुंगा-बेनी सडक निर्माणले गति लिएकाे छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिँदा ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएपछि सडक निर्माणकाे कामले गति लिएकाे हाे ।

चेतावनीपछि मुख्य ठेकेदार कम्पनीनै काममा फर्किएर निर्माणलाई तीव्रता दिएको छ । सडक निर्माणको जिम्मा लिएको एपेक्स–खड्का जेभी कन्स्ट्रक्सनले काम सम्हालेको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ । यसअघि उक्त कम्पनीले सहायक ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो ।

आयोजना कार्यालय जोमसोमले गत माघ दोस्रो साता ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलमा आयोजना कार्यालयले तत्काल कामको प्रगति देखिनेगरी निर्माण सुरु नगरे ठेक्का रद्द गर्ने र पुनःनयाँ टेण्डर प्रक्रियामा जाने चेतावनी दिएपछि आफूहरु काममा फर्किएको एपेक्स–खड्का जेभी कन्स्ट्रक्सनका मुख्य प्रतिनिधि हरिबहादुर खत्रीले बताए ।

उनका अनुसार विगत दुई सातादेखि पर्याप्त मजदुर र उपकरण राखेर गतिमा निर्माण अघि बढेको छ । सम्झौतामा ३० महिनाभित्र सडक सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि तीन वर्षमा जम्मा ४५ प्रतिशत मात्र प्रगति भएको छ ।

दोस्रो पटक थपिएको म्यादसमेत गत आर्थिक वर्षको असारमा सकिएको थियो भने पुनःतेस्रो पटक ६ महिना थप गरेको समय पुस मसान्तमा सकिएको छ । पुनःअसार मसान्तसम्म म्याद थप गर्ने तयारी भइरहेको आयोजनाका साइड इञ्चार्ज इञ्जिनियर अच्युतविलास पन्तले जानकारी दिए । याे अवधिभित्र काम सम्पन्न गर्नुपर्ने उनकाे भनाइ छ ।

ठेक्का सम्झौतामा कालीगण्डकी नदीबाटै निर्माण सामग्री उत्खनन गर्ने उल्लेख भए पनि सर्वोच्च अदालतको आदेशका कारण सामग्री प्रयोग गर्न नपाएको भन्दै अब छिमेकी जिल्ला वा अन्य वैकल्पिक उपाय अपनाएर भए पनि सामग्री उपलब्ध गराई निर्माणलाई तीव्रता दिने र थप भएको अवधिभित्रै निर्माणसक्ने एपेक्स–खड्का जेभी कन्स्ट्रक्सनका प्रतिनिधि खत्रीले बताए ।  निर्माण सामग्रीको अभाव देखाएर सहायक ठेकेदारले योजना अलपत्र पार्दै आएको भन्दै अब भने तोकिएकै मितिमा काम सम्पन्न गर्ने उनले बताए ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किमी दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । पहिले कालोपत्रसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अहिले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्न सकस हुँदै आएको छ । हिउँदमा धुलो र वर्षाद्मा हिलाम्मे सडकमा यात्रा गर्न नागरिक बाध्य भएका छन् । म्याग्दी र मुस्ताङ तथा पर्वतकै जलजला क्षेत्रमा सञ्चालन हुने दैनिक सयौँको सङ्ख्याका सवारीले उडाएको धुलो बस्तीसम्म पुग्दा स्थानीयवासीको जीवनयापनसमेत कष्टकर भएको छ । सडकमा गुडेका सवारीसाधनले उडाएको धुलो बस्तीमा पुग्दा सर्वसाधारणको स्वास्थ्यमा असर पुगेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।

सडक खण्डअन्तर्गत पर्ने पर्वतको खनियाघाट, फर्से, लस्ती, मिलनचोक र लामाखेतका स्थानीयले सडक निर्माण अलपत्र पर्दा धुलो र हिलोको समस्या भोग्नुपरेको गुनासो गरेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले मालढुङ्गामा पहाड काटेर सडक विस्तार गर्न सवारी आवतजावत बन्द गरेरै निर्माणलाई तीव्रता दिएको बताए । फागुन ९ गतेदेखि दैनिक ४ घण्टा बन्द गरेर निर्माण थालिएको हो । अब कटानको काम करिब सकिएको र अन्य काम भइरहेको उनले बताए ।

२०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर विसं २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो ।


Read Previous

जलवायुजन्य जटिलता सम्बोधन गर्न बृहत रणनीति आवश्यक: प्रधानमन्त्री दाहाल

Read Next

बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय मार्गसँग जोडिए, सहायक सडककाे स्तरोन्नति गरिँदै   

Leave a Reply

Your email address will not be published.