Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

लिफ्ट सिँचाइले राइगाउँमा अब १२ महिना खेती हुने


चितवन। सिँचाइको अभावमा भरुभूमिजस्तै रहने गरेको मकवानपुरको बागमती गाउँपालिका–२ राईगाउँ यतिखेर हराभरा भएको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका बासिन्दा अहिले लिफ्ट सिँचाइको व्यवस्थासँगै सदाबहार खेती गर्न केन्द्रित भएका छन् ।

अघिल्ला वर्षहरूमा यतिबेला माटो उड्ने गरेका खेतमा अहिले भने मकै हराभरा भएका छन् । असारमा धान र चैतमा मकैखेतीमात्रै गर्ने उनीहरू अहिले बेमौसमी मकैखेतीमा केन्द्रित भएका छन् ।

मकवानपुरको यस गाउँपलिका वडा नं २ मा चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले नयाँ प्रविधिसहित सिँचाइको व्यवस्था गरेसँगै उनीहरू कृषिकर्ममा व्यस्त रहने गरेका छन् । आयोजनाले बागमती नदीको पानीलाई लिफ्ट सिँचाइ प्रणालीबाट खेतखेतमा पानीको व्यवस्था गरेपछि स्थानीय कृषि कर्ममा उत्साहित बनेको स्थानीय घनश्याम विकले बताए ।

आयोजनाले ६५ लाख रुपैयाँ लागतमा बागमती नदीको पानीलाई तानेर गाउँमा पुर्याएपछि त्यहाँका बासिन्दा उत्साहित भएर लागेको उनले बताए । बाढीमा समेत मोटरको सुरक्षा गर्नेगरी आयोजनाले सिँचाइको व्यवस्था गरेपछि यस क्षेत्रका युवासमेत खेतीमा आकर्षित भएको विकले बताए ।

नदीको पानीलाई तानेर १ हजार ५ सय मिटरसम्म सिँचाइको व्यवस्था हुँदा गाउँ नै फेरिएको उनकाे भनाइ छ । नियमित सिँचाइको व्यवस्था भएपछि यस क्षेत्रको एक सय ५० बिघा क्षेत्रफलमा सिञ्चित भएको उनले बताए । “विदेश जाने सोच बनाएको थिएँ, अब त्यो सोचलाई परिवर्तन गरेको छु,”उनले भने ।

स्थानीय राजकुमार सेन्चुरीले अहिले आफ्नो बारीमा मात्रै नभएर छिमेकीको बारीमा समेत मकैखेती गर्दै आएका छन् । सिँचाइ भएपछि गाउँमा हरित क्रान्ति भएको उहाँले बताउनुभयो । “पहिला यो समयमा बारीमा धुलो उड्थ्यो, अहिले हरियाली भएको छ ,”उनले भने ।

स्थानीयले यस वर्ष मकै बेचेरमात्र रु एक करोड आम्दानी गर्ने उनले बताए । गाउँपालिकाले मकैको बीउमा अनुदान दिएर मकैखेती गर्न प्रोत्साहन गरेको छ । बागमतीको पानीले यस क्षेत्रलाई १२ महिना नै हरियाली बनाउन सहयोग गरेको उनकाे भनाइ थियो ।

भदौदेखि राइगाउँबजार लिफ्ट सिँचाइ आयोजनाले किसानलाई पानी उपलब्ध गराउन थालेको हो । पहिला आफूहरूको आम्दानीको स्रोत केही नभएर विदेश जानुपर्ने बाध्यता भए पनि अब भने त्यस्तो नभएको उनले बताए ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख ई देवकुमार स्याङ्बो लेयो परियोजनाले यस क्षेत्रको मुहार फेर्न सफल भएको बताए । नयाँ प्रविधिबाट नदीको पानीलाई गाउँमा पुर्याइएको हो ।

क्रेन लिफ्ट सिँचाइ प्रविधिबाट सिँचाइको व्यवस्था गरिएको उनले बताए । “वर्षात्को समयमा बाढी आउँदा मोटरको सुरक्षाका लागि क्रेनेल मोटरलाई माथि तान्नेगरी आयोजना सम्पन्न गरिएको छ,”उनलृ भने । आधुनिक सिँचाइ प्रणालीबाट यस क्षेत्रको सिँचाइ गरिएको बताउँदै उनले  अहिले क्षेत्रफल विस्तारको काम भइरहेको बताए ।  स्थानीयले क्षेत्रफल विस्तारका लागि बजेट माग गरेको उनकाे भनाइ छ ।


Read Previous

तमोर ‘कोरिडोर’काे ट्र्याक खुलेपछि नेपाल, भारत र चीन सडक सञ्जालमा जोडिए   

Read Next

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने

Leave a Reply

Your email address will not be published.