Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नेपालको ५ वर्षे पार्टनरसीप फ्रेमवर्क बनाउन विश्व बैंकले आयोगसँग लियो सुझाव


काठमाडौं । विश्व बैंकले  कन्ट्री पार्टनरसीप फ्रेमवर्क बनाउन राष्ट्रिय योजना आयोगसँग राय/सुझाव लिएकाे छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार आयोगसँग राय/सुझाव लिएकाे हाे ।

सिंहदरबारस्थित आयोगकाे कार्यालयमा भएकाे छलफल कार्यक्रममा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंक लगायतका विकास साझेदारहरुको कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । उनले विकासलाई नयाँ दिशामा लैजानका लागि सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने सुझाव दिए।

‘पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा रि–स्ट्रक्चर गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रमहरु डिजाइन गर्नुपर्छ’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरेका छाैं ।’

विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औं योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादम्यता मिलाउनु पर्ने बताएन् ।

छलफलमा आयोगका तर्फबाट उपाध्यक्ष श्रेष्ठसँगै सहसचिव महेश भट्टराई लगायतका अधिकारी सहभागी थिए भने विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवास, विश्व बैंक समूह आईएफसीको वरिष्ठ अर्थविद् महिमा खान्ना, विश्व बैंककै दीगो विकास हेर्ने सेक्टर लिडर स्टेभ डान्यो, पूर्व अर्थसचिव समेत रहेका रामेश्वर खनाल लगायतको सहभागिता रहेको थियो ।


Read Previous

ट्र्याक खुलेको १५ वर्षपछि बल्ल कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकमा कालोपत्र

Read Next

संघीयतामा स्थानीयता सुहाउँदो अध्ययन र अध्यापन

Leave a Reply

Your email address will not be published.