Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नेपालको सहरी जनसंख्या २७ प्रतिशत मात्र, सहरोन्मुख जनसंख्या भने ४० प्रतिशत


काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको यथार्थ सहरी जनसंख्या २७.०७ प्रतिशत मात्र रहेको तथ्यांक सार्वजनिक गरेको छ । यसअघि नगरपालिकामा रहेको जनसंख्यालाई सहरी जनसंख्या मानेर नेपालको सहरी जनसंख्या ६६.१७ प्रतिशत रहेको मानिएको थियो । तर, मंगलबार तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय मापदण्ड र वैज्ञानिक विधीअनुसार कुल जनसंख्यालाई सहरी, सहरोन्मुख र ग्रामिणमा विभाजन गरेर नयाँ तथ्यांक सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको नयाँ तथ्यांकको नतिजा अनुसार जनगणना २०६८ र २०७८ को बिचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ पुगेको छ । त्यसैगरी, सहरोन्मुख जनसंख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको छ । तर, पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको देखिन्छ ।

नयाँ विधि अनुसार जनसङ्ख्या, जनघनत्व, बसोबास क्षेत्र र सहरी क्षेत्रको श्रेणीगत विशेषताको निरन्तरता जस्ता चार आधारमा वडाहरुलाई ग्रामीण तथा सहरी क्षेत्र श्रेणीगत वर्गीकरण गरिएको हो ।

विशेषताका आधारमा सहरोन्मुख क्षेत्र भए पनि “सहरी“ क्षेत्र मानिएको स्थानमा अझै पनि जनसंख्याको ठुलो हिस्सा रहेको देखिन्छ । ग्रामीण जनसंख्या अझै पनि एक तिहाइ छ, जबकि प्रवृत्तिका आधारमा ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले जनसंख्यालाई सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ ।

भौगोलिक क्षेत्रका आधारमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधि अनुसारको विश्लेषणले ग्रामीण जनसंख्या पहाडमा (६६%) र हिमालमा (१६%) केन्द्रित भएको देखाएको छ । सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा (८५%) र पोखरा महानगरपालिका र काठमाडौँका उपत्यका कारण असन्तुलित हुँदै सहरी जनसंख्या पहाडमा (५३%) र त्यसपछि तराईमा (३९%) केन्द्रित भएको देखिएको छ ।

स्थानीय तह अनुसार ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण गर्दा गाउँपालिकाहरूको २४१२ वडाडमा ५८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्र रहेको देखिन्छ । जबकि अधिकतर सहरोन्मुख (६६४ वडाहरू) क्षेत्रमा ३६.१ प्रतिशत र शहर (१३९ वडाहरू) मा ५.९ प्रतिशत जनसंख्यारहेको देखिन्छ । त्यस्तै, नगरपालिकाहरूको २८.४ प्रतिशत जनसंख्यासहरी क्षेत्रमा (५९१ वडाहरू), बहुसंख्या करिब ४६ प्रतिशत सहरोन्मुख क्षेत्रमा (१२८५ वडाहरू) र अझै पनि २५.४ प्रतिशत (१२४४ वडाहरू) ग्रामीण क्षेत्रमा रहेको देखिन्छ ।

उपमहानगरपालिकाहरूमा पनि ३९ प्रतिशत जनसंख्या सहरोन्मुख विशेषताका क्षेत्रमा र ५३ प्रतिशत सहरी वर्गीकरणको क्षेत्रमा बसोबास गर्ने गरेको देखिन्छ । महानगरपालिकाहरूमा १७ प्रतिशत सहरोन्मुख क्षेत्र छ र २.३ प्रतिशत ग्रामीण विशेषताको तथा ८०.७ प्रतिशत सहरी क्षेत्र छ । तुलनाले के देखाउँछ भने नगरपालिका भए पनि बसोबास क्षेत्रको मुख्य विशेषता अझै पनि सहरोन्मुख छन् र उल्लेख्य जनसंख्या ग्रामीण परिदृश्यमा नै छ । त्यसैगरी, सहरी र सहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडाहरूको संख्या धेरै (३६८५) छ, तिनमा कुल जनसंख्या ३३ प्रतिशत मात्रै रहेको देखिन्छ ।

प्रदेशगत हिसाबले विश्लेषण गर्दा सङ्घीय संरचनामा सहरी र सहरोन्मुख जनसंख्या (कुल ६६.८ प्रतिशत) को वितरण तुलनात्मक रूपमा असन्तुलित छ । मधेश प्रदेशमा सबैभन्दा उच्च (१९.९ प्रतिशत), त्यसपछि बागमती (१४.६ प्रतिशत) र सबैभन्दा कम (१.२ प्रतिशत) कणर्ाली प्रदेशमा रहेको छ । तथ्याङ्कले सहरी जनसंख्याको वितरणमा सबैभन्दा बढी असन्तुलन तराई क्षेत्रका स्थानीय तहहरूमा रहेको देखाउँछ । मधेश प्रदेशमा बहुसंख्या वडाहरू (९७१) सहरोन्मुख विशेषताका छन् । बढी सहरी क्षेत्र भएको दोस्रो ठुलो प्रदेश बागमती देखिन्छ, जबकि यहाँ पनि ग्रामीण वडाको सङ्ख्या ६७२ छ भने कुल सहरोन्मुख र सहरी वडा ४४९ वटा छन् । कणर्ाली प्रदेशमा ६३७ वटा वडा ग्रामीण विशेषताका छन् भने ७५ वडा सहरी र ६ वटा वडा सहरोन्मुख विशेषतायुक्त छन् ।

जनगणना २०६८ र २०७८ को तथ्याङ्कका लागि ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधिले तुलनायोग्य नतिजा देखाएको छ । उक्त विधि नीति निर्माता तथा आम उपयोगकर्ताहरूको अपेक्षासँग मेल खाने देखिएको छ । यसका साथै, नतिजा स्थानीय वास्तविकतासँग तालमेल रहेको पनि देखिएको छ, जुनकुरा स्थलगत परिक्षणबाट पनि पुष्टि भएको छ ।

नयाँ तथ्यांक तयार गर्नुका मूलभूत उद्देश्यका रुपमा विश्वव्यापी मान्य विधि र परिभाषामा आधारित भएर अन्तरराष्ट्रिय रूपमा सामन्जस्यपूणर् र तुलनायोग्य ग्रामीण तथा सहरी जनसंख्यातथ्याङ्क उत्पादन गर्ने, दिगो विकास लक्ष्यसँग सम्बन्धित विश्वस्तरीय तथा तुलनायोग्य तथ्याङ्क उत्पादन गर्न राष्ट्रिय मापदण्ड तथा प्रणालीको परिपूरक हुने गरी विश्लेषण विधिलाई कार्यान्वयन गर्ने तथा शहरीकरण र विकासलाई मार्गदर्शन गर्ने महत्वपूणर् नीति निर्माण र निणर्य प्रव्रिmयालाई मार्गदर्शन गर्न खण्डीकृत तथ्याङ्कको उत्पादन र विश्लेषण गर्ने रहेको छ ।


Read Previous

अन्नपूर्ण क्षेत्रमा पुगे अहिलेसम्मकै बढी पर्यटक     

Read Next

काठमाडौं-पोखरा र काठमाडौं-सुनौली पर्यटक बससेवा सञ्चालन  

Leave a Reply

Your email address will not be published.