Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

अहिलेकै वृद्धिदरले २७ वर्षपछि विद्युत माग साढे १८ हजार मेगावाट मात्र


काठमाडौं । जल तथा ऊर्जा आयोगले विद्युत मागको वृद्धिदर यथास्थितीमै रहेमा आगामी सन् २०५० अर्थात २७ वर्षपछि साढे १८ हजार मेगावाट मात्र पुग्ने प्रक्षेपण गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले आगामी १२ वर्षभित्र २७ हजार मेगावाट बराबरको विद्युत उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट स्वदेशमै खपत गर्न सकिने लक्ष्यसहितको योजना अघि बढाईरहेको बेला आयोगले योे प्रक्षेपण गरेको हो । सन् २०५० सम्ममा राष्ट्रिय योजना आयोगको १५ औ पञ्चवर्षीय योजनाको आधारभूत प्रक्षेपणले ४४ हजार ८१२ मेगावाट र एशियाली विकास बैक (एडीबी) दक्षिण एशियाको कार्यपत्रको उच्च आधारले भने ३४ हजार ११९ मेगावाट माग पुग्ने प्रक्षेपण गरिएको छ ।

यसअघि सन् २०१५ देखि सन् २०४० सम्मका लागि आयोगले नै गरेको प्रक्षेपणले भने सन् २०४० मा सामान्य रुपमा व्यापार र ४.५ प्रतिशत आर्थिक वृद्धिदरको आधारमा १९ हजार १५१ मेगावाट, ७.२ प्रतिशतको वृद्धिसहित सान्र्दभिक परिदृष्यको आधारमा २९ हजार ४ सय २७ मेगावाट, ९.२ प्रतिशतका वृद्धिसहित उच्च परिदृष्यको आधारमा ४२ हजार २२८ मेगावाट, नीतिगत हस्तक्षेपसहितको ७.२ प्रतिशतको आर्थिक वृद्धिमा ३६ हजार ४८९ मेगावाट र नीतिगत हस्तक्षेपसहितको ९.२ प्रतिशतको वृद्धिको आधारमा ५१ हजार ३३० मेगावाट विद्युत आवश्यकता पर्ने उल्लेख गरेको थियो । तर, अहिलेको अध्ययनले विद्युतको माग अझै घट्ने देखाएको हो ।

आयोगका सचिव शुशिलचन्द्र तिवारीले जलविद्युत विकास गुरुयोजनाको लागि राष्ट्रिय योजना आयोगको पन्ध्रौ पञ्चवर्षीय योजनालाई आधारको रुपमा लिएर, एडीबीको कार्यपत्रको आधारमा उच्च र नेपाल विद्युत प्राधिकरणको हालको उत्पादन र माग वृद्धिलाई आधार बनाएर अध्ययनले प्रक्षेपण गरेको जानकारी दिए । ‘अध्ययन प्रतिवेदनको मस्यौदा तयार भएको छ तर यसलाई अन्तिम रुप दिन बाँकी छ, तीन वटा आधार बनाएर उत्पादन र मागको प्रक्षेपण गरेका छौ ।’ उनले भने ।

विश्व बैकको सहयोगमा परामर्शदाता ट्रयाकबेल इन्जिनियरिङ र जीएमबीएचले संयुक्त गरेको अध्ययनको मस्यौदामा मध्यम अर्थात हालको उत्पादनको आधारमा सन् २०५० मा २० हजार ७ सय १८ मेगावाटको माग हुने तथा नेपाल विद्युत प्राधिकरणको हालको माग वृद्धिदरको आधारमा बिजुलीको माग भने १८ हजार ५ सय ९१ मेगावाट पुग्ने उल्लेख छ ।

अध्ययनको मस्यौदा अनुसार, सन् २०२५ मा २ हजार ९३० मेगावाट, सन् २०३० मा ४ हजार २४९ मेगावाट, सन् २०३५ मा ६ हजार १६१ मेगावाट, सन् २०४० मा ९ हजार २४१ मेगावाट र सन् २०४५ मा १३ हजार ८६२ मेगावाट विद्युतको माग पुग्नेछ ।

यसैगरी उत्पादनतर्फ भने सन् २०२५ मा ३ हजार ७११ मेगावाट, सन् २०३० मा ६ हजार ६० मेगावाट, सन् २०३५ मा ९ हजार २५७ मेगावाट, सन् २०४० मा ११ हजार ६६६ मेगावाट र सन् २०४५ मा १५ हजार ३३४ मेगावाट उत्पादन पुग्ने प्रक्षेपण गरिएको छ । विद्युत प्राधिकरणका अनुसार, हाल उत्पादन २७ सय मेगावाट छ भने माग करिब दुई हजार मेगावाट मात्र छ तर अध्ययनमा सन् २०२२ मा माग २०९३ मेगावाट र उत्पादन २१८८ मेगावाटलाई आधार मानेर प्रक्षेपण गरिएको छ ।

एडीबी दक्षिण एशिया कार्यपत्रको आधारमा सन् २०५० मा उत्पादन ३६ हजार १७८ मेगावाट र माग ३४ हजार ११९ मेगावाट पुग्ने अनुमान गरिएको छ । मस्यौदा अनुसार, सन् २०२५ मा ४ हजार २३४ मेगावाट, सन् २०३० मा ७ हजार ३३१ मेगावाट, सन् २०३५ मा ११ हजार ६६० मेगावाट, सन् २०४० मा १७ हजार ४१८ मेगावाट र सन् २०४५ मा २४ हजार ८४५ मेगावाट विद्युतको माग पुग्नेछ ।

यसैगरी उत्पादनतर्फ भने सन् २०२५ मा ४ हजार ६७१ मेगावाट, सन् २०३० मा ८ हजार ९८१ मेगावाट, सन् २०३५ मा १३ हजार १३ मेगावाट, सन् २०४० मा १९ हजार ३७२ मेगावाट र सन् २०४५ मा २७ हजार १५८ मेगावाट उत्पादन पुग्ने प्रक्षेपण गरिएको छ । सो अध्ययनमा सन् २०२२ मा माग २ हजार ८८२ मेगावाट र उत्पादन २ हजार १८८ मेगावाटलाई आधार मानेर प्रक्षेपण गरिएको छ ।

यसैगरी आधारभूत अर्थात योजना आयोगको पन्ध्रौ पञ्चवर्षीय योजना अनुसार, २०५० मा उत्पादन ४७ हजार २३८ मेगावाट र माग ४४ हजार ८१२ मेगावाट पुग्ने अनुमान गरिएको छ । मस्यौदा अनुसार, सन् २०२५ मा ६ हजार ६९७ मेगावाट, सन् २०३० मा ११ हजार ४१ मेगावाट, सन् २०३५ मा १६ हजार ८५० मेगावाट, सन् २०४० मा २४ हजार ३०२ मेगावाट र सन् २०४५ मा ३३ हजार ५६७ मेगावाट विद्युतको माग पुग्नेछ ।

यसैगरी उत्पादनतर्फ भने सन् २०२५ मा ५ हजार ६३० मेगावाट, सन् २०३० मा १२ हजार ५८३ मेगावाट, सन् २०३५ मा १८ हजार ९७२ मेगावाट, सन् २०४० मा २६ हजार ४७२ मेगावाट र सन् २०४५ मा ३५ हजार २६८ मेगावाट उत्पादन पुग्ने प्रक्षेपण गरिएको छ । सो अध्ययनमा सन् २०२२ मा माग ४७१७ मेगावाट र उत्पादन २१८८ मेगावाटलाई आधार मानेर प्रक्षेपण गरिएको छ ।


Read Previous

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ जनाले पाए स्कुटर

Read Next

विद्युत महसुल नतिर्ने २१ हजार ग्राहक कारबाहीमा,५० कराेड बक्याैता असुल

Leave a Reply

Your email address will not be published.