Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता


काठमाडौं । विश्व बैंक र एडीबी सहायतामा सञ्चालित विकास आयोजनाको कार्य प्रगतिबारे सरकारसँग संयुक्त त्रिपक्षीय समिक्षा बैंठक सम्पन्न भएको छ । बैठकले सहायतामा सञ्चालित परियोजनामा उठेका विषय र सुधारबारे छलफल गरेको छ ।

विकासे मन्त्रालयका सहभागीहरुले अन्तर्राष्ट्रिय वित्तीय निकायबाट सहायता प्राप्त आयोजनमा भएको पछिल्लो प्रगतिबारे जानकारी दिएका थिए । साथै, आयोजनाले खेपिरहेका अफठ्यारा र चुनौतिबारे जानकारी दिए ।

बैठकको अध्यक्षता गरेका अर्थमन्त्री डा. महतले नेपालका विकासमा लामो समयदेखि एडिबी र विश्व बैंकले गरेको सहयोग प्रशंसा गरे । बैठक समग्र विषयलाई पहिल्याउन र कमजोरी सुधारको लागि महत्वपूर्ण भएको उनको भनाइ छ । ‘दीगो विकास र गरिबी न्यूकरणको लागि योगदान दिने विकास योजनाको प्रगति अपेक्षित रुपमा हुनुपर्ने, त्यसको लागि अन्तरनिकायबचि समन्वय र काममा चुस्तता आवश्यक रहेको छ’ उनले भने । अर्थमन्त्रीले परियोजनाको लागि समयमै बजेट विनियोजन गर्नको लागि सधै प्रतिवद्ध रहेको उल्लेख गरे ।

नेपालका लागि एडीबीका अफिसर इचार्ज अर्नाड हेकम्यानले सहायतामा सञ्चालित आयोजनालाई अर्थ मन्त्रालयको नेतृत्वमा सफल बनाउन महत्वपूर्ण भुमिका खेलिरहेको बताए । ‘विकास परियोजनाको सकारात्मक प्रभावको लागि तोकिएकै सयमा आयोजनाको कार्यान्वयन महत्वपूर्ण हुन्छ, स्रोतको प्रभावकारी वितरणमार्फत विकासको परिणाम देखिन्छ’ उनले भने ।

एडीबीले सधैसरोकारवाला निकायबीच समन्वयात्मक रुपमाकाम गर्ने र ढिलाइ हुने कारणलाई घटाउन तथा योजना सम्पन्न हुने बेलासम्म अवरोधबिना निरन्तरता पाउने विषयलाई प्रामिकता दिने गरेको उनको भनाइ छ ।

नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिद हदाद–जेर्भोसले परियोजनाको समयमै कार्यान्वयनको लागि सरकारको प्रयत्नको प्रशंसा गरे । यसले गर्दा वैदेशिक र आन्तरिक लागतमा सञ्चालित योजना तोकिएअनुसार नै प्रगति गरिरहेको उनले बताए । विश्व बैंक नेपाल सरकारसँग मिलेर काम गर्न र ठोस कामलाई प्राथमिकतामा राखी सिमान्तकृत र पछि परेका नेपालीलाई अझ राम्रो नतिजा दिन प्रतिवद्ध रहेको उल्लेख गरे ।

बैठकमा विकासे मन्त्रालयका अधिकारीहरु परियोजनाहरुको नजिता सुधार गर्न, चुनौति समाधान गर्न र खर्च वृद्धि गर्ने प्रतिवद्धता गरे ।


Read Previous

‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’

Read Next

पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक

Leave a Reply

Your email address will not be published.