Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

मध्यकालिन सम्झौता अन्तर्गत भारतले पहिलो पटक दियो ११० मेगावाट विद्युत खरिदको स्वीकृति


काठमाडौं । भारतले मध्यकालिन विद्युत व्यापार सम्झौता (पिटिए) अन्तर्गत २ जलविद्युत आयोजनाको ११० मेगावाट विद्युत खरिद गर्न स्वीकृति प्रदान गरेको छ । भारतले पहिलो पटक मध्यकालिन सम्झौता अन्तर्गत ५ वर्षका लागि विद्युत खरिद गर्ने नेपालको प्रस्ताव स्वीकृत गरेको हो ।

भारतले मध्यकालिन सम्झौता अन्तर्गत ४०० केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत ११० मेगावाट विद्युत लैजाने स्वीकृति दिएको नेपाल विद्युत प्राधिकरणको प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार यो स्वीकृति ५ वर्षका लागि हुनेछ ।

भारतले निजी लगानीको ८६ मेगावाटको सोलू दूधकोसीको ८३.४२ मेगावाट र २७ मेगावाटको दोर्दी खोलाको विद्युत मध्यकालका लागि खरिद गर्ने सहमति दिएको प्राधिकरण विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए । ‘हामीले २ सय मेगावाटका जलविद्युत आयोजनाको विद्युत मध्यकालिन सम्झौता अन्तर्गत खरिदको प्रस्ताव भारत समक्ष गरेका थियौं,’ उनले भने, ‘तत्कालका लागि ११० मेगावाटको स्वीकृति मिलेको छ ।’

उनले अहिलेलाई ११० मेगावाटको स्वीकृति मिल्नु नै राम्रो सुरुवात भएको बताए । उनका मध्यकालिन सम्झौता अनुसार भारतले यी दुई आयोजनाको विद्युत प्रतियुनिट ५.२५ भारतीय रुपैयाँमा खरिद गर्नेछ ।

उनले महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनमार्फत ७० मेगावाट विद्युत खरिद गर्ने नेपालको प्रस्ताव पनि भारतले स्वीकृत गरेको जानकारी दिए । यो विन्दुबाट निर्यात हुने ७० मेगावाट विद्युत भारतको डे अहेड मार्केटमा बिक्री हुनेछ । प्राधिकरणले अहिले डे अहेड मार्केटमा ४५२ मेगावाट विद्युत निर्यात भएकोमा अब यो परिमाण ५२२ मेगावाट पुगेको छ ।

नेपाल र भारतबीच गत जेठमा मध्यकालिन विद्युत व्यापार सम्झौता (पिटिए) मार्फत २ सय मेगावाट विद्युत बिक्री गर्ने सम्झौता भएको थियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत एके विश्वबीच हालै मध्यकालीन रुपमा विद्युत व्यापारका लागि सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपालले सोलु दूधकोसी र दोर्दी खोला सहित मिस्ट्रीखोलाको ४०.७४ मेगावाट, माथिल्लो बलेफी ‘ए’ को ३४.९२ मेगावाट, लिखुखोला–१ को २८.१७ मेगावाट र माथिल्लो चाकुको १२.७५ मेगावाट विद्युत मध्यकालिन विद्युत व्यापारका लागि प्रस्ताव गरेको थियो । सोलू दूधकोसी र दोर्दी खोलाबाहेकका आयोजनाको मध्यकालिन विद्युत व्यापार अन्तर्गत खरिद गर्न भारतले स्वीकृत गरेको छैन ।


Read Previous

भुटान एयरलायन्सका फ्लाईटहरु ३० भदौदेखि सुचारु

Read Next

तिप्ल्याङ्ग कालीगण्डकी जलविद्युतको पीपीए सम्पन्न, आइएमई समूहको अगुवाईमा आयोजना निर्माण गरिदै

Leave a Reply

Your email address will not be published.