Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

अलग्गै विद्युत ऐन ल्याउँदै कर्णाली प्रदेश, विधेयक सभामा टेबुल


कर्णाली । कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा टेबुल गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको मंगलबार बसेको २८औँ बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले विधेयक टेबुल गरेका हुन् ।

मन्त्री जिसीले सो विधेयक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १११ को उपनियम ३ बमोजिम सभासमक्ष टेबुल गरेका हुन् । उनले प्रदेशस्तरमा उपलब्ध जलविद्युत्, नवीकरण र अन्य ऊर्जाका स्रोतको दिगोरूपमा अधिकतम र उचित उपयाेगका लागि कर्णाली प्रदेश विद्युत ऐन ल्याउन लागेकाे बताए ।

उनले नयाँ विधेयक ल्याइ विद्युत् उत्पादन, प्रसारण र वितरण प्रवर्द्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो गुणस्तरीय सुरक्षित तथा सर्वसुलभरूपमा विद्युत् सेवा उपलब्ध गराउनका लागि कानूनी व्यवस्था गर्न आवश्यक भएकाले प्रदेश सरकारले विधेयक छलफलका लागि टेबुल गरिएकाे बताए ।  प्रदेशसभाबाट पारित भएपछि विधेयक ऐनको रूपमा कार्यान्वलयमा आउने उनले बताए ।

बैठकमा प्रदेशसभा सदस्यले विशेष समयमा उठाएका सार्वजनिक सरोकारका विषयमा मन्त्री जिसीसहित भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले क्रमशः कर्णालीको प्राकृतिक विपद् प्रतिकार्यका लागि पूर्वतयारी, आवश्यक जनशक्तिको व्यवस्थापन, सामग्रीको जोहो र त्यसमा लाग्ने बजेटसहित प्रदेश सरकार तयारी अवस्थामा रहेका बारेमा जवाफ दिए ।


Read Previous

स्वचालित प्रणाली लागु गरी पेट्राेलियम पदार्थकाे मूल्य बढाएर समायाेजन

Read Next

बाढीले क्षतिग्रस्त विद्युत आयोजना पुनःनिर्माण गर्न पुनर्कर्जा दिइने,ब्याज पूँजीकरण र कर्जा पुनसंरचनाका लागि राष्ट्र बैंक सहमत

Leave a Reply

Your email address will not be published.