Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने तयारी, २ अर्ब थप लागत आवश्यक


काठमाडौं । बाढीको कारण २ वर्ष अघिदेखि अनियमित बनेको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम अझै सहज बन्न सकेको छैन । बर्खाको समयमा मेलम्ची खोलामा निरन्तर आइरहने बाढीले आयोजनाको काम बिथोलिदै आएको छ । मेलम्ची आयोजना अघि बढाउन थप अन्योल भइरहेको बेला आयोजनाको मुहान क्षेत्र नै सार्ने विकल्पको तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका सहप्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

‘मेलम्ची खानेपानी आयोजना मुहानको लागि दीर्घकालीन समाधान खोज्नुको विकल्प हामीसँग भएन । मुहान क्षेत्र सार्नु पर्ने अध्ययनले देखाएको छ ।’ उनले भने । सहप्रवक्ता पन्तका अनुसार बाढीपछि एसियाली विकास बैंक (एडिबी)ले अध्ययन गरिसकेको छ । तर, अन्तिम प्रतिवेदन अझै आइसकेको छैन ।

‘एडिबीले सर्भेको क्रममा मुहान क्षेत्र ४ सय मिटर माथि सार्नु पर्ने भनेको छ ।’, उनले भने–‘मुहान नयाँ ठाउँमा सार्दा नयाँ सुरुङ र सडक खन्नु पर्ने, पहिरो नियन्त्रणको लागि काम गर्नु पर्ने हुन्छ ।’ यी कामहरु गर्न आयोजनालाई थप २ अर्ब रुपैयाँ बजेट चाहिने अनुमान गरिएको छ । मुहान क्षेत्रमाथि सार्दा ५ सय मिटर सुरुङ खन्नु पर्ने देखिएको आयोजनाले जनाएको छ ।

यति मात्र होइन, हालको मुहानभन्दा माथि मुहान क्षेत्र सार्दा लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्र पर्ने भएकोले आयोजनाको काममा ढिलाई हुन सक्ने आयोजना अधिकारीहरुको भनाइ छ । निकुञ्ज क्षेत्र परेको स्थानमा रुख हटाउन झण्झटिलो र प्रकृयाले लामो समय लिने भएकाले काममा ढिलाइ हुने सम्भावना छ । आयोजनाका सहप्रवक्ता पन्तले निकुञ्जको ठाउँमा मुहान क्षेत्र परेको खण्डमा ढिलाई हुन नदिन सम्बन्धित निकायसँग सहजीकरण गरिने बताए ।

यसअघि २०७८ असारमा मेलम्ची खोलामा आएको बाढीले मेलम्ची खानेपानीको मुहान क्षेत्र, सुरुङका केही भाग, गेट लगायत भौतिक संरचना तहसनहस पारेका थियो । मेलम्ची बजार र बस्तीलाई समेत असर पुर्‍याएको बाढीले सडक सञ्जालसमेत बगायो । त्यसयता मेलम्ची खानेपानीको काम सडक मर्मत, सुरुङ गेट मर्मत, सुरुङबाट गेग्रान हटाउनेमा सिमित भयो । बाढी जाने बेलामा खानेपानीको मुख्य मुहान क्षेत्र (हेडवक्स) निर्माणाधिन थियो ।


Read Previous

सुशासनकाे अभावले अर्थ व्यवस्थामा देखिएकाे संकट र निराकरण

Read Next

ढुक्क रहनोस् अलपत्र त्रियुगा पुलको काम एक वर्षमा सक्छौ–मन्त्री ज्वाला

Leave a Reply

Your email address will not be published.