Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

निजी क्षेत्रका दर्जन बढी आरओआर जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षर


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०८० साल बैशाख यता निजी क्षेत्रको लगानीका एक दजर्न बढी नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले १५ सय मेगावाटभित्र पर्ने १४ वटा जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीसँग पिपिए गरेको हो ।

पिपिए सम्पन्न भइसकेका यी आयोजनाको जडित क्षमता ४१० मेगावाट छ । सरकारको निर्देशनपछि सञ्चालक समितिबाट भएको निर्णय बमोजिम पहिलो पटक २०८० साल बैशाख २८ गते लोअर मिड रावा खोला हाइड्रोपावर प्रोजेक्ट कम्पनीसँग ४ मेगावाटको तल्लो मध्य रावा खोला जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षर गरी सुरुवात गरिएको प्राधिकरण विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारीले बताए ।

उनका अनुसार त्यस यता विद्युत नियमन आयोगबाट स्वीकृत भएर आएका १५ सय मेगावाटको सूचीका जलविद्युत आयोजनाको नियमितरूपमा पिपिए भइरहेको छ । ‘प्राधिकरणले पिपिए खुलाएपछि हामीले नियमितरूपमा निजी प्रवर्द्धकहरूसँग सम्झौतामा हस्ताक्षर गरिरहेका छौं,’ उनले भने, ‘आयोगबाट स्वीकृत भई आएका आयोजनाको पिपिएमा हस्ताक्षर भइरहेको छ ।’

उनले १५ सय मेगावाटको सूचीमा पर्ने आयोजना आयोगबाट स्वीकृत लिएर आएकाले तीनको पनि पालैपालो पिपिएमा हस्ताक्षर गरिने बताए । बैशाखमा एउटा मात्रै आरओआर आयोजनाको पिपिएमा हस्ताक्षर गरेको प्राधिकरणले बाँकी ११ वटा आयोजनाको पिपिए असार महिनामा मात्रै गरेको छ ।

विद्युत व्यापार विभागका अनुसार वाटर इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्ने १६ मेगावाटको माछा खोला जलविद्युत आयोजनाको पिपिए भएको छ । यो आयोजनाको पिपिए गत असार ४ गते भएको हो ।

यसैगरी, हाइड्रो सर्पोट प्रालिको ५३.५३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको पनि प्राधिकरणले पिपिए सम्पन्न गरेको छ । यो आयोजनाको पिपिएमा गत असार ६ गते हस्ताक्षर भएको हो ।

यस्तै, सानिमा हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने ५६ मेगावाटको जुम खोला तथा अप्पर स्याङ्गे हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको २४.५ मेगावाटको दोभान खोला आयोजनाको पनि पिपिए भएको छ । जुम खोलाको असार ६ गते र दोभान खोलाको असार ७ गते पिपिए भएको प्राधिकरणले जनाएको छ ।

असार ११ गते मोदी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गर्ने ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ र अप्पर म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गर्ने ५३.५ मेगावाटको माथिल्लो म्याग्दी–१ जलविद्युत आयोजनाको पिपिए सम्पन्न गरिएको हो ।

यसैगरी, असार १८ गते मिलारेपा इनर्जी प्रालि प्रवर्द्धक रहेको २३.६ मेगावाटको सुपर मेलम्ची खोला आयोजनाको पिपिएमा हस्ताक्षर भएको प्राधिकरणले जानकारी दिएको छ । असार २१ गते बूढीगण्डकी हाइड्रोपावर प्रालिले निर्माण गर्ने ४.६ मेगावाटको सुपर माछाखोला र हिमालयन इन्जिनियरिङ एण्ड इनर्जी प्रालि प्रवर्द्धक रहेको २ मेगावाटको अरुण खोला–२ आयोजना पिपिएमा हस्ताक्षर भएको छ ।

असार २२ गते गोरखाज हिमालयन हाइड्रो प्रालिले निर्माण गर्ने ४.७ मेगावाटको माथिल्लो जुनबेशी, २५ गते ह्याप्पी इनर्जी प्रालिले निर्माण गर्ने ४० मेगावाटको माथिल्लो संखुवा र सुपर बागमती हाइड्रोपावर प्रालिको ४१.३१ मेगावाटको सुपर तल्लो बागमती आयोजनाको पिपिएमा हस्ताक्षर भएको प्राधिकरणले जनाएको छ । असार २७ गते एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्ने ४४.५२ मेगावाटको सानी भेरी जलविद्युत आयोजनाको पिपिए प्राधिकरणले गरेको छ ।

विद्युत प्राधिकरण सञ्चालक समितिको २०७९ साल माघ २६ गतेको ९३०औं बैठकले प्रसारण सम्झौता भएको मितिको रोलक्रम अनुसार १५ सय मेगावाटको पिपिए गर्ने निर्णय गरेको थियो । त्यस यता २०८० साल बैशाखमा आएर मात्रै यो निर्णय कार्यान्वयन भई अहिले आरओआर आयोजनाको पिपिए भइरहेको हो ।

ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्रालयले २०७५ को बैशाखमा ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्देश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन सम्मिश्रण (Generation Mix) तय गरेको थियो ।

१५ हजार मेगावाटमा जलाशययुक्त तथा पम्प स्टोरेज ३०–३५ प्रतिशत, पिकिङ आरओआर २५–३० प्रतिशत, आरओआर ३०–३५ प्रतिशत र अन्य वैकल्पिक स्रोत ५–१० प्रतिशत बमोजिमको अनुपात कायम गरी टेक अर पे सिद्धान्तको आधारमा विद्युत खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने उल्लेख थियो ।

मन्त्रिपरिषद्को २०७९ असार १४ गतेको बैठकले उत्पादन सम्मिश्रणको अनुपातलाई पुनरावलोकन गरी जलाशययुक्तको १० प्रतिशतले घटाएर आरओआरका लागि १० प्रतिशतले बढाएको थियो । जसमा जलाशययुक्त २०–२५प्रतिशत , पिकिङ आरओआर २५–३० प्रतिशत, आरओआर ४०–४५ प्रतिशत र अन्य वैकल्पिक स्रोत ५–१० प्रतिशत अनुपात कायम गरिएको थियो ।

आरओआर आयोजनाहरुको लागि तय गरिएको साबिक ३५ प्रतिशत ९५२५० मेगावाट०को सीमा अनुपातमा बृद्धि गरिएको १० प्रतिशत थप गर्दा ४५ प्रतिशत अर्थात ६७५० मेगावाट पुगेको थियो । यसबाट आरओआर आयोजनका लागि १५ सय मेगावाटको पिपिए गर्न बाटो खुलेको हो । अर्धजलाशय जलविद्युत आयोजनाको हकमा भने नियमितरूपमा पिपिए भइरहेको छ ।


Read Previous

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

Read Next

सरकारसँग निर्माण व्यवसायीका प्रमुख ८ माग, सम्बाेधन नभए इजाजत पत्र बुझाउनेसम्मकाे आन्दाेलन तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *