Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

माथिल्लो कर्णालीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय सर्वोच्चद्वारा सदर


काठमाडौं । सर्वोच्च अदालतले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको अनुमतिपत्रको म्याद २ वर्ष थप गर्ने निर्णय सदर गरेको छ । सवोच्चको आइतबारको इजलासले भारतको ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) कम्पनी प्रवद्र्धक रहेको माथिल्लो कर्णाली आयोजनाको अनुमतिपत्रको म्याद २ वर्ष थप गर्न मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन गर्न सदर गरेको हो ।

सर्वोच्चले यसअघि गत कात्तिकमा अनुमतिपत्रको म्याद थप गर्न सरकारले गरेको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकोमा आइतबार फैसला गर्दै म्याद थप गर्ने निर्णय सदर गरेको हो । अदालतको आदेशपछि अब माथिल्लो कर्णाली आयोजनाको म्याद २ वर्ष थप गर्न बाटो खुलेको छ । सर्वोच्चमा लामो समय मुद्दा विचाराधिन हुँदा आयोजनाको निर्माण अवधि झण्डै १ वर्ष लम्बिने देखिएको छ ।

जल तथा ऊर्जा क्षेत्रमा पैरवी गर्दै आएका रतन भण्डारीले जिएमआरको म्याद थप गैरकानुनी रहेको माग दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । मन्त्रिपरिषदको २०७९ साल असार ३१ गतेको बैठकले जिएमआरको म्याद २ वर्ष थप गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले माथिल्लो कर्णाली आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थप गर्ने निर्णय गरेको थियो । म्याद थपको विषयलाई लिएर अदालतमा मुद्दा दायर हुँदा जिएमआरले बंगलादेशसँग विद्युत बिक्री गर्ने सम्झौता गर्न सकेको छैन । जिएमआर र बंगलादेशबीच गत पुसमा नै विद्युत खरिद–बिक्री सम्बन्धि सम्झौता हुने तय भएकोमा सर्वोच्चको अघिल्लो अन्तरिम आदेशकै कारण हुन सकेन ।

लगानी बोर्ड र जिएमआरबीच २०७१ असोज ३ गते २ वर्ष अवधि राखेर माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता (पिडीए) भएको थियो । सम्झौता बमोजिम काम नभएपछि २०७३ पुस २४ गते १ वर्ष म्याद थप गरिएको थियो । लगानी बोर्डले २०७४ कात्तिक २४ गते पुनः वित्तीय व्यवस्थापनका लागि अर्को एक वर्ष म्याद थप भएको थियो । त्यसपछि सम्झौताको निरन्तरता कायम राख्ने सम्बन्धमा कुनै काम भएको वा सम्झौता कायम राख्ने प्रक्रिया अपनाइएको थिएन ।

सम्झौता गर्ने, म्याद थप गर्ने कार्य बोर्डले नै गर्दै आएको थियो । पछिल्लो पटक राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वको एक कार्यदल बनाइ सोही कार्यदलको सिफारिसका आधारमा सरकारले म्याद थप गरेको थियो । ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णालीबाट उत्पादित बिजुलीमध्ये ५ सय मेगावाट बङ्गलादेशलाई बिक्री गर्ने भनिए पनि हालसम्म कुनै सम्झौता हुन सकेको छैन ।


Read Previous

सरकारको चौंथो प्राथमिकतामा भौतिक पूर्वाधार र पाँचौमा विद्युत (विधेयकको सिद्धान्त र प्राथमिकताको पूर्ण पाठ)

Read Next

तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

Leave a Reply

Your email address will not be published.