Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन, कृषि, ऊर्जा, पर्यटन क्षेत्रकाे विकासमा जाेड


काठमाडौं । नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा सहभागीहरूले यस्ताे धारणा राखेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले व्यावसायिक लागत बढी हुँदा नेपालका वस्तु तथा सेवाले त्यस्तै प्रकृतिका विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको बताइन् । “यहाँ उत्पादन लागत निकै छ । जसकारण नेपालले विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न सक्दैन । सरकारी नीति प्रभावकारी नहुँदा उत्पादनसँग जोडिएका साना र मझौला उद्योग झनझन समस्यामा पर्दै जान थालेका छन्”,राणाले भनिन् ।

मुलुकको अर्थतन्त्रमा अहिले देखिएको समस्या अर्थराजनीतिक रुपमा सम्बोधन गरिनुपर्ने पूर्वअध्यक्ष राणाको भनाइ छ ।  “राजनीतिज्ञले पनि अर्थतन्त्रबारे सोच्नुपर्छ । अर्थराजनीतिक तवरले जान नसक्ने हो भने हाम्रा समस्या घट्न सक्दैनन्”, उनले भनिन् ।

त्यस्तै, नेपालले तुलनात्मक लाभका वस्तु पहिचान गरेर बजारीकरणमा ध्यान दिनुपर्ने राणाको भनाइ छ । उत्पादनमूलक उद्योग र व्यापारका लागि फरकफरक ब्याजदर निर्धारण गरिनुपर्ने राणाले बताइन् ।

नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष हरिभक्त शर्माले पनि नेपाली उत्पादन विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न नसकेका कारण यहाँका उत्पादन धराशायी हुँदै जान थालेको बताए ।  महँगो ब्याजदर, महँगो कच्चा पदार्थ तथा ढुवानी लागतलगायत कारण नेपाली वस्तुको उत्पादन लागत बढी उनले बताए । शर्माले नेपालमा सामाजिक सुरक्षाको दायित्व बढ्दै जानु चिन्ताको विषय रहेको उल्लेख गरे ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले देशको आर्थिक विकासका लागि कृषि, ऊर्जा, पर्यटन क्षेत्रको भौतिक पुर्वाधारको विकास गरी आयात प्रतिस्थापन गर्न आवश्यक रहेको बताए । उनले रोजगारमुलक उद्योगको स्थापना गर्नुपर्ने बताउँदै सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास गर्दै डिजिटल इकोनोमी, अझ भनौ डिजिटल नेपालको फ्रेमवर्कमा काम गर्नुर्नेमा जोड दिए ।

उनले ऊर्जाको माध्यमबाट सबल अर्थतन्त्र निर्माणमा टेवा पुर्याउनका लागि छिमेकी मुलुकहरूको विद्युत मागलाई ध्यानमा राखी बि टु बि अन्तर्गत विद्युतको खरिद–बिक्री सम्झौता गर्ने र विद्युतिय कारोबार गर्ने नीतिलाई खुला गरिनुपर्ने बर्ता । उनले सरकाले पर्यटन क्षेत्रलाई अन्य उद्योग सरह समान दरमा विद्युत उपलब्ध गराउन माग समेत गरे ।

पर्यटन क्षेत्रको विकास गर्न, शैक्षिक पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन तथा इको पर्यटनको लागि हावापानी र भौगोलिक दृष्टिकोणले मनोरम स्थानलाई पकेट क्षेत्रकोरूपमा विकास गर्दै वैदेशिक लगानी आकर्षित गर्ने नीति लिनुपर्नेमा उनले जोड दिए ।

सांसद एवं उद्योगी विनोद चौधरीले कृषि, पर्यटन, जलविद्युत तथा अन्य उत्पादनमूलक क्षेत्रबाट अर्थतन्त्रमा योगदान बढाउन सकिने बताए । ‘हामी साँच्चिकै आर्थिक समृद्धि र विकासको एजेन्डा लिएर अगाडि बढ्यौँ भने दोहोरो अंकको आर्थिक वृद्धि सम्भव छ । यसका लागि सरकार र निजी क्षेत्रको सहकार्यलाई अझ बढाएर लैजानु जरुरी छ,’ उनले भने ।


Read Previous

प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई   

Read Next

बागमती करिडोरको सुरु र अन्तिम बिन्दुकाे निर्माण बाँकी   

Leave a Reply

Your email address will not be published.