Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माणमा नुवाकाेटका ४ पालिकाको असहयोग   


त्रिशूली। नुवाकाेटका ४ वटा पालिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) कम्प्याक्ट अन्तर्गत निर्माण हुने ४०० केभी उच्च क्षमताकाे प्रसारण लाइन परियाेजनाकाे काम अघि बढाउन असहयाेग गरेका छन् । प्रसारण लाइन परियाेजनाकाे रुट पर्ने जिल्लाका ५ मध्ये ४ पालिकाले निर्माणकाे प्रक्रिया अघि बढाउने काममा असहयाेग गरेका हुन् ।

प्रसारण लाइनको जग्गाकाे मुआब्जा सम्बन्धी बैठकमा बाेलाइएकाेमा यी पालिककाका प्रतिनिधिले  बहिष्कार गरी असहयाेग गरेका छन् । परियाेजना निर्माणका क्रममा सबैभन्दा बढी प्रभावित हुने बेलकोटगढी नगरपालिकासहित शिवपुरी, पञ्चकन्या र तारकेश्वर गाउँपालिका मुआब्जा निर्धारण सम्बन्धी बैठकमा सहभागी भएनन् ।

एमसीसी अन्तर्गतकाे मिलेनियम च्यालेञ्ज अकाउण्ट एमसिए–नेपाल विकास समितिको आग्रहमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बोलाएको बैठकमा प्रसारण लाइनबाट प्रभावित हुने पाँचमध्ये लिखु गाँउपालिका मात्रै सहभागी भएको थियाे ।

काठमाडाैंको लप्सेफेदीहुँदै नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेसम्म ४०० केभी प्रसारण लाइनकाे संरचना निर्माण गरी त्यहाँबाट हेटाैंडा र तनहुँहुँदै बुटवलसम्म लैजान नुवाकोटमा आवश्यक जग्गाको मुअब्जा वितरण प्रक्रिया अघि बढाउन आह्वान गरिएकाे बैठकमा पालिकाका जनप्रतिनिधिले सहभागिता जनाउन अस्वीकार गरेका छन् ।

बैठकमा सहभागी हुन पत्र प्राप्त भए पनि अहिले प्रसारण लाइनका लागि जग्गा अधिग्रहणमा छलफल आवश्यक नभएकाले सहभागी नभएको बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङले बताए । उनले  प्रसारण लाइन निर्माणबाट हुने प्रभावको सम्बन्धमा स्थानीय पालिकाले राखेको मागबारे एमसिए–नेपालले चासो नदिएकाले बैठक बहिष्कार गरिएको बताए ।

असहयाेग गर्ने पालिकाका प्रतिनिधिले प्रसारण लाइन र ४०० केभी सबस्नटेसन निर्माणले स्थानीय क्षेत्रमा प्रभाव पार्ने भन्दै त्यसको बदलामा उक्त परियोजनाको सडक निर्माणको कार्यक्रम नुवाकोटमा  हुनुपर्ने माग राखेका छन् ।

एमसीसी कम्प्याक्टकाे सडक मर्मत परियाेजना अन्तर्गत एमसिए नेपालले दाङको धानखोलादेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक व्यवस्थित गर्ने जनाएको छ । प्रसारण लाइन निर्माणका क्रममा नुवाकोटमा करिब ५३ किलाेमिटर तार विस्तार गर्न ५ पालिकाका १८ वटा वडा प्रभावित हुने प्रारम्भिक अध्ययनमा देखिएको एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए ।

उनका अनुसार नुवाकोटमा प्रसारण लाइनका १ सय ४७ वटा टावर निर्माण जग्गा अधिग्रहण गर्न लागिएको छ । प्रसारण लाइनको दायाँ र बायाँ २३-२३ मिटरको क्षतिपूर्ति दिनका लागि मुआब्जा निर्धारण गर्न पालिका र वडाका जनप्रतिनिधिको सहभागिता अनिवार्य छ ।


Read Previous

सडककाे तुलनामा जनशक्ति न्यून हुँदा ट्राफिक व्यवस्थापनमा चुनाैति

Read Next

बजेट अभावले थानकोट-चित्लाङ सडक खण्डकाे स्तरोन्नति हुन सकेन

Leave a Reply

Your email address will not be published.