Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणले गति लियाे


मनाङ । बुटवल पावर कम्पनी (बिपिसी) ले प्रवर्द्धन गरेकाे लगानी रहेकाे १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माणले गति लिएकाे छ । गत पुस अन्तिम साताबाट निर्माण सुरु भएकाे आयोजनाकाे निर्माणले तीव्रता पाएकाे हाे ।

चिसाे कम भइ मौसम अनुकूल भएपछि निर्माणले तीव्रता पाएको आयोजनाकाे प्रवर्द्धक कम्पनीले जनाएकाे छ । पहिले नै निर्माण सुरु गर्ने याेजना रहेपनि काेभिड–१९ महामारीका कारण २ महिनाअघिबाट  निर्माण थालिएको थियाे ।

अबकाे ४ वर्षभित्र विद्युत उत्पादन गर्ने गरी एउटा नेपाली र ३ वटा चिनियाँ कम्पनीको साझेदारीमा आयोजना निर्माण भइरहेकाे बिपिसीका को-अर्डिनेटर प्रतिक महर्जनले बताए । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआइजी इन्टरनेशनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले जिम्मेवारी लिएका छन् ।

आयोजनामा नेपाली साझेदार बिपीसीको २० प्रतिशत र ३ चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी छ । कूल ३३ अर्ब ३८ करोड रुपैयाँ मध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने महर्जनले बताए ।

याे आयोजनाबाट वार्षिक ७६६.५९३ गिगावाट विद्युत उत्पादन हुनेछ । उनकाे अनुसार आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत् उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । बिपिसीकाे सहायक मनाङ मर्स्याङ्दी हाइड्राेपावर कम्पनी मार्फत आयाेजना निर्माण भइरहेकाे छ ।

सम्भाव्यता अध्ययनअनुसार आयोजनाको ग्रस हेड ४३०.२० मिटर छ । मुख्य सुरुङ ६.०७५ किलोमिटर छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र  सरकारबीच २०७९ पुस ३ मा सम्झौता भएको थियो ।


Read Previous

उद्योग, प्रतिस्ठान एवं आयोजना सञ्चालन प्रभावको स्वःअनुगमन प्रतिवेदन बुझाउन विभागको ताकेता

Read Next

भरतपुर महानगरले लगानी अभावमा ठप्प गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाकाे निर्माण गर्ने

Leave a Reply

Your email address will not be published.