Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ’ भोलि


काठमाडौं । विभिन्न ६ वटा विषयगत क्षेत्रबारे छलफल तथा विश्लेषण गर्न पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ २०२३’ हुने भएको छ । काठमाडौं विश्व विद्यालय (केयु), मेकानिकल इन्जिनियरिङ संकाय अन्तर्गत ऊर्जा दक्षता भवन डिजाइन अध्ययन गर्ने २०२१ ब्याचका विद्यार्थीले शुक्रबार एक दिने कन्क्लेभको आयोजना गर्न लागेका हुन् ।

केयुको मेकानिकल इन्जिनियरिङ विभागले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी पहिलो पटक हुन लागेको कन्क्लेभबारे जानकारी दिएको छ । ‘नवीनतम आवासमार्फत हामीले बाँचिरहेको जीवनशैलीमा पुनर्विचार’ भन्ने नारासहित कन्क्लेभ आयोजना हुन लागेको हो ।

सहर विकास गर्दा वातावरण मैत्री सुरक्षित बासस्थान कसरी निर्माण गर्न ज्ञान विज्ञान प्रविधि आदान–प्रदान गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गर्न लागेको केयुको मेकानिकल इन्जिनियरिङ विभागका प्रमुख भीम श्रेष्ठले बताए । उनका अनुसार कन्क्लेभमा वातावरण मैत्री नव प्रवर्द्धित भवन निर्माण, भवन कोड तथा नीति र गुणस्तरबारे पनि छलफल तथा परामर्श हुनेछ ।

सुरक्षित र वातावरण मैत्री भवन बनाउन आवश्यक योजना, डिजाइन, नयाँ प्रविधिबाट पुराना भवनको स्तरोन्नति, पानी र सरसफाई, भवन निर्माणमा ऊर्जा दक्षता र इन्जिनियरिङ तथा आवास निर्माणमा महिलालगायत विषयगत क्षेत्रबारे विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने पनि उनले जानकारी दिए ।

शुक्रबार बिहान ९ बजेबाट सुरु हुने कन्क्लेभ उद्घाटन र प्राविधिक गरी दुई सत्रमा सञ्चालन हुने आयोजकले जनाएको छ । कन्क्लेभमा नेपालस्थित विभिन्न देशका दातृ निकायका ६० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने पनि श्रेष्ठले जानकारी दिए । कन्क्लेभमा हुने छलफल तथा परामर्शबाट आउने निश्कर्षका आधारमा वातावरण मैत्री सहरीकरणको आगामी कार्यदिशा तय गर्न उपयोगी सुझाव दिने उनको भनाइ छ ।

पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री एवं कन्क्लेभका सल्लाहकार गणेश साहले अव्यवस्थित सहरीकरण व्यवस्थापन हुने गरी नवीनतम आवास निर्माणमा उपयोग गर्न सकिने उपकरणबारे छलफल हुने बताए । ‘अहिलेको सहरीकरण कंक्रिटका घरहरूबाट बनेको छ,’ उनले भने, ‘यो अव्यवस्थित सहरलाई कसरी वातावरण मैत्री बनाउनका लागि नयाँ प्रविधि र उपायहरू के के हुन सक्दछन् भन्नेबारे कन्क्लेभमा छलफल हुन्छ ।’

उनले स्वच्छ ऊर्जाको किफायती उपयोगबारे पनि विभिन्न चरणमा विज्ञहरूसँग विचार विमर्श हुने बताए । कन्क्लेभ केयुमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि पनि व्यवहारिक ज्ञान प्राप्त गर्न उपयोगी हुने उनले बताए ।


Read Previous

अलपत्र चारलेन सडक निर्माण सुरु

Read Next

बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द

Leave a Reply

Your email address will not be published.