Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

मादी नदी नियन्त्रण: जाेखिमयुक्त क्षेत्रमा पहिलो ‘प्याकेज’को काम सुरु   


तनहुँ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ । अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका–६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको ग्याबिन बालसहितको बाँध निर्माण थालिएको हो ।

नदी नियन्त्रण कार्यका लागि दुई प्याकेजमा रु २८ करोड लागत अनुमान रहेकामा प्रदेश सरकारको रु १७ करोड विनियोजन गरेपछि निर्माण थालिएको हो । उक्त कार्यका लागि कम्पनी सिद्धान्त अमनले ठेक्का सम्झौता गरी काम सुरु गरेको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए ।

दोस्रो प्याकेजअन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हुँदै मादीपुलसम्म नयाँ ठेक्काबाट करिब ४ सय मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरिनेछ । दोस्रो प्याकेजको निर्माण कार्य पनि छिट्टै सुरु गर्ने गरी एमआर ग्रुपसँग ठेक्का सम्झौता गरेको उनले बताए ।

त्यसैगरी, गत वर्ष मादीनदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादीनदी किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको छ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास-३ स्थित मादीपुलदेखि मादीनदी किनारमा करिब दुई सय ५२ मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरेको हो ।

चालू आवको असार मसान्तभित्र सम्पन्न गर्ने गरी गत वर्ष एमआर गु्रप चितवनले निर्माणको जिम्मा पाएको हो । गण्डकी प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट विनियोजन गरेपछि निर्माण कार्य भइरहेको छ । निर्माण अन्तिम चरणमा पुग्दा पनि बजेट निकासामा ढिलाइ हुँदा हालसम्म २० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न सकिएको उनले बताए । समुन्द्री सतहबाट ४ मिटर उचाइको ‘ग्याबिन वाल’ लगाइएको छ ।


Read Previous

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण, ३४ स्थानीय तह पूर्णरूपले विद्युतीकरण

Read Next

चालू आवकाे ८ महिना सकिँदा बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै   

Leave a Reply

Your email address will not be published.