Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीसँग परामर्श गर्ने प्रधानमन्त्री प्रचण्डकाे भनाइ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक खरिद ऐन संशोधनको समयमा निर्माण व्यवसायीहरूसँग आवश्यक छलफल गरिने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहिबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले खरिद ऐन संशोधनको समयमा निर्माण व्यवसायी लगायतका सरोकारवालासँग छलफल गरिने प्रतिबद्धता जनाउनु भयाे ।

प्रधानमन्त्री प्रचण्ड समक्ष महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगको पछिल्लो समस्या र समाधानको उपायका बारेमा अवगत गराएको छ । महासंघ अध्यक्ष सिंहले निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गर्दै सरकारसँगको सहकार्यका लागि महासंघ सधैं तयार रहेको प्रतिबद्धता जनाए ।

बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गरिएका कारण व्यवसायीहरूले ठूलो रकम भुक्तानी नपाउँदा निर्माण उद्योग असहज अवस्थामा रहेको अध्यक्ष सिंहले बताए । विना वजेटका नयाँ योजना घोषणा गर्नुभन्दा चालु अवस्थामा रहेको आयोजना सम्पन्न गर्ने कामलाई राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष सिंहको भनाइ थियो ।

आयोजनाहरू समयमै सम्पन्न नहुनुमा धेरै पक्ष जिम्मेवार हुँदा हुँदै एकोहोरो निर्माण व्यवसायीलाई मात्र दोषी देखाइएकोप्रति अध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्री प्रचण्डले महासंघका सुझावहरूलाई आफूलाई महत्वका साथ लिने बताए ।  सोही अवसरमा अध्यक्ष सिंहले यही फागुन २८ गते राजधानीमा हुने महासंघको २४ औं साधारण सभाको प्रमुख आतिथ्यता ग्रहण गरिदिन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा पत्र हस्तान्तरण गरे ।

महासंघ प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको रुपमा प्रचण्डको सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.),उपाध्यक्ष प्रकाशबहादुर सेठी, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कार्य समिति सदस्यहरू दानबहादुर खड्का, प्रमोद लामिछाने, दीपक कार्की, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत रहन भएको थियो ।


Read Previous

पालिका केन्द्र पुग्न ४० किलोमिटरको यात्रा

Read Next

राष्ट्रिय परिचयपत्र आवेदनका लागि तोकियो थप ५ स्थान

Leave a Reply

Your email address will not be published.