Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

चैत १४ र १५ मा आठौं ऊर्जा सम्मेलन, ५ हजार मेगावाटका परियोजना प्रदर्शनमा राखिने


काठमाडौं । आगामी चैत १४ र १४ गते (मार्च २८–२९, २०२३) आठौं संस्करणको ऊर्जा सम्मेलन हुने भएको छ । नेपालको विद्युत बजार, प्रसारण पूर्वाधार, विद्युत माग, प्रविधि प्रवर्द्धन, सौर्य ऊर्जा, हरित हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुलन विकासबारे छलफल तथा विचार विमर्श गर्न ऊर्जा सम्मेलन आयोजना हुन लागेको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ऊर्जा सम्मेलन आयोजना गर्न लागेकोबारे सम्पूर्ण जानकारी छ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नारा दिएर राजधानीको हायात होटनमा आठौं संस्करणको ऊर्जा सम्मेलन गर्न लागेको इपानका अध्यक्ष कृष्ण आचार्यले बताए ।

उनले भारत, भुटान, बंगालादेश, पाकिस्तान, चीन लगायतका देशका प्रतिनिधि सम्मेलनमा सहभागी हुने जानकारी दिए । ऊर्जा सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ ।

‘क्षेत्रीय देशहरूसँगको अन्तरदेशीय विद्युत व्यापार विस्तार गर्न सकिने सम्भावनाबारे छलफल गर्न ऊर्जा सम्मेलन आयोजना गर्न लागिएको हो’, उनले भने, ‘नेपालको ऊर्जा क्षेत्रको विकासमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषय पनि सम्मेलनमा उठाइनेछ ।’ उनले अहिले २ सय मेगावाटसम्मका जलविद्युत परियोजना स्वदेशी निजी प्रवर्द्धकहरूले नै निर्माण गर्न सक्ने हुँदा त्योभन्दा ठूला परियोजनामा वैदेशिक लगानी भित्र्याएर निर्माण गर्नका लागि प्रोत्साहन गर्न विदेशी लगानीकर्ताहरूलाई पनि ऊर्जा सम्मेलनमा आमन्त्रण गरिएको जानकारी दिए ।

सम्मेलनमा लगानी बोर्ड नेपाल र निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका जलविद्युत परियोजना प्रदर्शनी (सो केस) मा राखिने इपानका उपाध्यक्ष आशिष गर्गले बताए। प्रदर्शनीमा राखिने परियोजनाबारे स्वदेशी विदेशी लगानीकर्ताले सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने उनले बताए ।

उनले ऊर्जा सम्मेलनमा भारतबाट ठूलो डेलिगेशन आउने जानकारी पनि दिए । ‘ऊर्जा सम्मेलनको अफिसियल पार्टनर नै भारत हो । भारतका लगानीकर्ता, विद्युत खरिदकर्ता कम्पनी र सरकारी निकायका पदाधिकारी सम्मेलनमा सहभागी हुँदैछन् । भारतीय कम्पनीहरूसँग केही जलविद्युत आयोजनाको दीर्घकालिन विद्युत खरिद सम्झौता हुने सम्भावना छ’ उनले भने ।

भारतको निजी क्षेत्रको प्रतिनिधित्व गर्ने कम्पनीका प्रतिनिधीको सम्मेलमा उल्लेख्य सहभागीता हुने पनि गर्गले बताए । उनले यसअघिको ऊर्जा सम्मेलनमा सहभागी भारतको एनएचपिसीले अहिले नेपालमा १२ सय मेगावाटका जलविद्युत परियोजनाको अनुमतिपत्र लिइसकेको हुँदा अब सहभागी हुने कम्पनीहरूबाट पनि लगानी भित्रिन सक्ने बताए ।

ऊर्जा सम्मेलनमा विश्वका ३० भन्दा बढी देशका ३ सय जना अन्तर्राष्ट्रिय प्रतिनिधि सहित ८ सय जना सहभागी हुने छन् । अनुसार नेपालकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, निजी ऊर्जा उत्पादकहरू, जलविद्युतमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू तथा ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी ५ सय जनाले जनभागिता जनाउँदै छन् ।

नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य निर्धारण गरिसकेकाले हरित ऊर्जा बजारका पक्षमा सबैको ध्यान केन्द्रित गर्न ऊर्जा सम्मेलन महत्त्वपूर्ण हुने गर्गले बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ऊर्जा सम्मेलनको संरक्षक रहने इपानले जनाएको छ । इपानका अनुसार नेपालस्थित भारतीय दूतावास ऊर्जा सम्मेलनको ‘कन्ट्री पार्टनर’ रहनेछ । विश्व बैंक, आइएफसी, एफएमओ, युएसआइडी लगायत विकास साझेदार प्रयोजक छन् ।
इपानले सन् २००६ मा पहिलो पटक ऊर्जा सम्मेलनको आयोजना गरेको थियो । त्यस यता नियमितरूपमा ऊर्जा सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।


Read Previous

राजमार्ग छेउमा राखिएका मदिराका विज्ञापन १५ दिनभित्र हटाउन सूचना

Read Next

निसीखोलामा थपिँदै ८ झोलुंगे पुल

Leave a Reply

Your email address will not be published.