Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

साढे ३ वर्षमा सम्पन्न भयाे निजी लगानीको ठूलो सोलु दूधकोसी आयोजना,भोलिदेखि प्रसारण प्रणालीमा आउँदै


काठमाडौं । निजी क्षेत्रबाट निर्माण भएको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाले शुक्रबार (भोलि) देखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । साहस ऊर्जा कम्पनीले सोलुखुम्बुमा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

परीक्षण विद्युत उत्पादन सुरु गर्न नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली अहिले आयोजना स्थलमा खटिएको छ । प्राधिकरणको प्राविधिक टोलीले  विद्युतगृहको परीक्षण गरिरहेको छ ।

भोलिदेखि विद्युत उत्पादन सुरु गर्न सबै चरणको परीक्षण पूरा हुन लागेको कम्पनीमा अध्यक्ष हिम पाठकले बताए । ‘एक महिनाभन्दा बढी समय लगाएर गरिएको आन्तरिक परीक्षण अब लगभग सकिन लागेकाे छ,’ उनले भने, ‘भोलि जुनसुकै समयमा हाम्रो आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ ।’

आयोजनाबाट २ सातासम्म परीक्षण विद्युत उत्पादन गरिनेछ । परीक्षण उत्पादनको चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु गरिने उनले जानकारी दिए । विद्युतगृहदेखि तिन्ला सबस्टेसनसम्म आयोजनाको विद्युत पुर्याउन आवश्यक प्रसारण लाइन कम्पनीले नै निर्माण गरेको छ ।

आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिनासाथ नदी तथा खोलामा पानीको सतह कम भई आएको ऊर्जा संकट न्युनिकरण गर्न ठूलो राहत पुग्नेछ । सुख्या याममा पनि करिब ३४ मेगावाट उत्पादन दिने हुँदा भारतबाट हुने विद्युत आयात प्रतिस्थापन गर्न यो आयोजनाकाे भूमिका महत्त्वपूर्ण हुनेछ ।

आयोजना परीक्षणको चरणमै रहेका बेला विद्युत प्राधिकरणले चाँडो प्रसारण प्रणालीमा जोड्न आवश्यक सहयोग गरी ताकेता गर्दै आएको थियो । ठूलो आयोजना भएकाले सबै संरचनाको परीक्षण गरी विद्युत उत्पादन सुरु गर्न पनि धेरै समय लागेको हो ।

‘सानो आयोजनाको परीक्षण २/३ दिनमै सकिन्थ्यो । ठूलो आयोजनामा त्यस्तो नहुने रहेछ । एउटै संरचनाको परीक्षण गर्न २ साताभन्दा बढी समय लाग्ने रहेछ । प्राविधिकरूपमा काम गर्दै जाँदा त्यस्तो नहुने रहेछ’ पाठकले भने । आयोजनाको परीक्षणका लागि सुरुङमा पानी भर्न मात्रै १७ दिन लागेको थियो ।

निजी क्षेत्रले स्वदेशी लगानीमा निर्माण पूरा गरी विद्युत उत्पादनको चरणमा पुर्याएको यो नै अहिलेसम्मको ठूलो आयोजना हो । निजी लगानीमा याेभन्दा ठूला आयोजना अहिले निर्माणाधीन भएपनि सम्पन्न भइसकेकाे भने याे नै अहिलेसम्मकाे ठूलाे हाे ।

आयोजनामा ७.६५४ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ । निर्माण थालेको साढे ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादनको चरणमा पुर्याउन प्रवर्द्धक कम्पनीको नेतृत्वमा रहेका पाठक सफल भएका छन्।

निजी क्षेत्रले अगाडि बढाएका अधिकांश आयोजनाको समय र लागत दुवै तोकिएको भन्दा धेरै पछाडि धकेलिने गरेको छ । तर, पाठकले विविध समस्याका बाबजुत पनि यति ठूलो आयोजना साढे ३ वर्षमा सम्पन्न गरेका छन् । इच्छा शक्ति र मेहेनत गरेमा यति ठूलो आयोजना निर्माण गर्न सकिन्छ भन्ने उदाहरण पाठक बनेका छन् । यो निजी क्षेत्रका लागि पनि गौरवको विषय हो ।

यसअघि २०७८ चैतबाट विद्युत उत्पादन सुरु गर्ने तालिका रहेकोमा कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्या लगायत कारणले सम्भव हुन सकेको थिएन । सञ्चालनमा आएपछि सोलु दूधकोसीले वार्षिक ५२० गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।

बर्खामा सबैभन्दा बढी ४१९.९३ गिगावाट घन्टा र हिउँदमा १००.२७ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । यो आयोजना सम्पन्न गर्न करिब १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ बराबर लगानी गरेका छन् । साढे ३ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ ।

सोलु बेसिनमा सोलु दूधकोसीसहित ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसी लगायत आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।


Read Previous

रेमिट जलविद्युत परियोजना निर्माणबाट पछि हट्दै एचआइडिसिएल

Read Next

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : प्रगति ६ प्रतिशत, आयोजना सम्पन्न हुन झण्डै ३० वर्ष लाग्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *