Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

भेरी करिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा


सुर्खेत । भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ। निर्माणधीन सडकमा हुनसक्ने कमी, कमजोरी तथा गुनासा सुन्न र निर्माण कार्य बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली उपल्लो डोल्पा पुगेको हो।

जाजरकोटबाट डोल्पाको दुनैसम्म एक सय १८ किलोमिटर सडक भेरी करिडोरभित्र पर्दछ। मोरिम्ला नाकादेखि धो सम्मको ६५ किलोमिटर सडक रहेको छ। मोरिम्ला नाकादेखि धो सम्माको ६५ किलोमिटर सडक निर्माणको ट्र्याक खोल्ने काम भइसकेको छ। दुनै–ल्यासिक्याप सडक २० किलोमिटर लामो छ।

डोल्पा सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत भइरहेको छ। सडक डिभिजनको टोलीले एक सय ४८ किलोमिटर सडकको अध्ययन यस पटक गरेको प्रमुख कर्णले जानकारी दिए। दुनै लासीक्याप सडक खण्डमा कामको सम्झौता गरे पनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको हो।

विसं २०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। यस आयोजनाको कूल लागत १३ करोड ४१ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ। दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ। अहिले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का भएर यति विल्ड्रसले काम गरिरहेको छ।

कर्णाली प्रदेश हुँदै लम्बिनी प्रदेशको नेपालगञ्ज, जमुनाह नाकासमेत यसले जोड्छ। भेरी करिडोर निर्माण भएमा भारतको रुपेडियाबाट चीनको तिब्बत्सँग यसको सिधा सडक सम्पर्क जोडिने छ। जाजरकोटदेखि दुनैसम्म अस्थायी ट्र्याक नेपाली सेनाले खोलेको हो। अहिले स्तरोन्नतिको काम सडक डिभिजन चौरजहारीले गरिरहेको छ। रणनीतिक सडक भएकाले कामलाई गति दिन अनुगमनको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख कर्णले बताए ।

दुनैदेखि लासिक्यापसम्मको सडक निर्माण गर्न हिउँदमा अत्यधिक चिसोका कारण मुस्किल हुने गर्छ। वर्षायाममा सडक खन्नका लागि निर्माण सामग्रीदेखि विभिन्न औजारको समस्या हुन्छ। उपल्लो डोल्पामा सडक निर्माण नहुँदा घोडा, खच्चडका भरमा दैनिक काम हुँदै आएको छ । सदरमुकाम दुनैबाट घोडा, खच्चड र चौँरीबाट नै खाद्यान्नदेखि निर्माण सामग्री ढुवानी गरिन्छ।

भेरी करिडोर निर्माण गर्न अत्यधिक लगानी गर्नुपर्ने डिभिजन प्रमुख कर्णको भनाइ छ। जाजरकोट सदरमुकामबाट उपल्लो डोल्पाको धोसम्म मात्र २५ पुल निर्माण गर्नुपर्ने अवस्था छ। जाजरकोट रिम्ना र नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्र गर्न ठेक्का भइसकेको छ। तल्लुबाट दुनैसम्म सडक कालोपत्र चाँडै थालिने उनले बताए।


Read Previous

चश्मा आयातमा कर घटाउन माग

Read Next

अन्नपूर्ण पदमार्गमा एक वर्षमा भित्रिए १५ हजार बढी पर्यटक

Leave a Reply

Your email address will not be published.