Nepal Purbadhar

नारायणी नदीमा ब्यूटिफिकेशन एण्ड प्रोटेक्सन बाँध निर्माण गर्दै भारत


चितवन । भारत सरकारले नवलपरासीस्थित नारायणी नदीमा करिब ५० करोड रुपैयाँ लागतमा प्रोटेक्सन बाँध निर्माण गरिरहेको छ।

नारायणी नदी (गण्डक नदी)को सुन्दरता र त्रिवेणीधामदेखि गण्डक ब्यारेजसम्मको सडक बाँध संरक्षणका लागि नदीको पश्चिम क्षेत्रमा ‘मेका फेरि’ अवधारणामा ‘रिफलेक्सन’ बाँध निर्माण भइरहेको हो।

गण्डकी प्रदेशको मूल नाका नवलपरासी (बर्दघाट –सुस्ता पुर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणी धामदेखि वडा नं ७ गण्डक ब्यारेज पुलसम्म नदीको पश्चिम क्षेत्रतर्फ नेपालतर्फ दुई हजार ६०० मिटर दुरीको उक्त बाँध निर्माण कार्य भइरहेको छ ।

भारतको विहार प्रदेश सरकारले नदीको सुन्दरता र बाँधको संरक्षणका लागि भारततर्फ बनाएको बाँध जस्तै नेपाल तर्फपनि उस्तै बाँधको निर्माण गरिरहेको प्रोजेक्ट म्यानेजर विनयप्रताप सिंहले बताए।

यो बाँधले नदीको छेउमा भइरहेको कटान रोकिने र बाँध थप बलियो हुने सिंहका अनुसार विहार सरकारले ‘गण्डक रिभर व्यूटिफिकेशन एण्ड प्रोटेक्सन परियोजना’मार्फत् त्रिवेणी धामदेखि नदीमा फिट गरिएको नेपाली रेगुलेटरसम्म दुई हजार छ सय मिटर दुरीको बाँध बनाउने कार्यमा तीव्रता दिएको छ।

विगत चार वर्षदेखि सुरु गरिएको निर्माण ८० प्रतिशत काम सम्पन्न भइसकेको सिंहले जानकारी दिए। ‘नेपाल–भारतको गण्डक सम्झौता अनुसार नारायणी नदीको पश्चिमतर्फ नदीको व्यूटिफिकेशन र बाँधको संरक्षणका लागि उक्त बाँध बनाइरहेको हो,’ उनले भने।

यो प्रोजेक्ट सन् २०१९ मार्चदेखि सुरु भएको र यो परियोजना सन् २०२३ जुनसम्ममा सम्पन्न हुनेछ। बाँध त्रिवेणी धामदेखि गण्डक ब्यारेजसम्म निर्माण हुनेछ। नदी नै सुस्ता भूमिलाई घेर्दै भातरको विहार र उत्तर प्रदेश छुदै पटना पुगेको छ।

नारायणी नदीमा नारायणी, तमसा र सोनभद्रा गरी तीन नदी मिलेर त्यस ठाउँको नाम त्रिवेणी भनिएको छ। गण्डक ब्यारेजदेखि उत्तर तर्फको नारायणी नदीलाई स्थानीय नाम त्रिवेणी नाम पनि पनि चिनिन्छ।

Facebook Comments

Read Previous

सोलुखुम्बुमा २७.९ मेगावाटको मिडल इन्खु निर्माण हुँदै

Read Next

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar