Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

गोल्यान समूहले लगानी गरेको १० मेगावाट सौर्य विद्युत प्रणालीमा जोडिँदै


काठमाडौं । गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । बाँकेमा प्योर इनर्जी प्रालिमार्फत निर्माण भएको आयोजनाको विद्युत बढीमा १ महिनाभित्रमा प्रसारण प्रणालीमा आउन लागेको हो ।

बाँकेमा २० मेगावाटका बाँके-१ र बाँके-२ सौर्य विद्युत आयोजना अहिले निर्माणको अन्तिम चरणमा छन् । पहिले बाँके–२ सौर्य विद्युत आयोजनाको निर्माण पूरा भई आन्तरिक परीक्षणको चरणमा रहेको ऊर्जा डिभिजन (गोल्यान समूह) का प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताए ।

‘सोलार प्यानल राख्ने सम्पूर्ण काम पूरा भइसकेको छ,’ उनले नेपाल पूर्वाधारसँग भने,‘अहिले आन्तरिक परीक्षण भइरहेको छ । अब नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएर परीक्षण गरेपछि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।’ उनले माघ दोस्रो सातासम्ममा बाँके–२ को विद्युत प्रसारण प्रणालीमा जोडिसक्ने योजना रहेको बताए ।

१० मेगावाटको बाँके–१ सौर्य विद्युत आयोजना पनि अबको ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको अर्यालले जानकारी दिए । दुवै सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २० हजार २ सय ३४ मेगावाट घन्टा विद्युत उत्पादन गर्न सकिनेछ ।

सौर्य विद्युत आयोजनाले उत्पादन गरेको विद्युत १५ किलोमिटर दुरीमा रहेको कोहलपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आयोजनाको प्रवद्र्धक कम्पनीले नै ३३ केभी प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणको काम पनि सकिन लागेको अर्यालले बताए ।

गोल्यान समूहसँग भारतको रेनेर्गो डेभलपर्स प्रालि पनि जोडिएर काम गरिरहेको छ । गोल्यान समूहसँग ६० मेगावाट बराबरका सौर्य विद्युत आयोजना छन् । याे समूहकाे जलविद्युतमा पनि लगानी छ ।  सन् २०३० भित्र ९ सय मेगावाट विद्युत उत्पादन गरेर प्रसारण प्रणालीमा याेगदान गर्ने गाेल्यान समूहकाे लक्ष्य छ ।


Read Previous

म्याग्देमा दश शय्याको अस्पताल बन्दै

Read Next

विकास प्राधिकरण : जनशक्ति नहुँदा काममा समस्या

Leave a Reply

Your email address will not be published.