Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

जैविक फोहोरबाट विद्युत, ग्यास तथा एसिड उत्पादन गर्न अनुसन्धान सुरु


काठमाडौं । हाम्रै घर वरपर खेर गएका वा फालिएका जैविक फोहोरबाट जीवन उपयोगी विभिन्न स्रोत वस्तु पत्ता लगाउने उद्देश्यले २ वर्षे अनुसन्धान प्रारम्भ भएको छ । काठमाडौं विश्वविद्यालयको डिपार्टमेण्ट अफ इन्भारोमेण्टल साइन्स एण्ड इञ्जिनियरिङमार्फत कार्यन्वयन हुने यो अनुसन्धान परियोजना शुरुमा प्रयोगशाला तहमा कार्यान्वयन हुनेछ ।

त्यसबाट आएको अनुसन्धान निष्कर्षलाई समुदाय तहमा विस्तार गरी स्थलगत नमूना (पाइलटिङ) परिक्षण गरिनेछ । काठमाडौं विश्वविद्यालयको इन्भारोमेण्टल इञ्जिनियरिङका सहायक प्राध्यापक डा. अनिश घिमिरेका अनुसार कृषिजन्य र ठूलो संघसंस्थाबाट निस्कने वा खेर जाने वस्तु र खानेकुरा लगायतका फोहोरलाई अनुसन्धानमा परिक्षण गरिनेछ ।

‘प्रयोगशालामा यस्ता फोहोरमार्फत बायो हाइड्रोजन, मिथेन, एसिटिक एसिड, ल्याटिक एसिड, बायो प्लास्टिकलागायतका विभिन्न उपयोगी वस्तु उत्पादन गरिनेछ’ उनले भने । संसारभरी नै यसरी उत्पादन हुने वस्तुको बजार मूल्य पनि उच्च रहेको डा. घिमिरेले जानकारी दिए ।

विश्वविद्यालयले विभिन्न तीन वटा वैज्ञानिक विधीको प्रयोग गरेर यो अनुसन्धान गर्नेछ । ति विधीहरुमा डार्क फर्मेन्टेशन, फोटो फर्मेन्टेशन र एनर्नोबिक डाइजेशन रहेका छन् ।

काठमाडौं विश्वविद्यालयको डिपार्टमेण्ट अफ इन्भारोमेण्टल साइन्स एण्ड इञ्जिनियरिङलाई यो परियोजना इनरजाइजनेपालले उपलब्ध गराएको हो । इनरजाइजनेपाल नर्वेको नेपालस्थित जलविद्युत तथा नविकरणीय ऊर्जा क्षेत्रमा अध्ययन अनुसन्धानको लागि लगानी गर्न स्थापित संस्था हो ।

अनुसन्धानमा आधारित यो परियोजना २०२४ जुलाइसम्म सञ्चालन हुनेछ । यसको कुल लागत ६७ लाख ६७ हजार रुपैयाँ रहेको छ । यसमा नर्वेजियन सरकारको ६९ र काठमाडौं विश्वविद्यालयको ३१ प्रतिशत लगानी रहेको छ ।

यस अध्ययनमार्फत यस क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने, निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्ने, अनुसन्धानमा आधारित शिक्षालाई प्रवद्र्धन हुनेछ । त्यस्तै, यस अनुसन्धानको क्रममा विद्यार्थीहरुले प्रयोगशाला र फिल्डमा पनि अनुभव र ज्ञान लिन सक्नेछन् । यस परियोजनामार्फत नै प्रयोगात्मक अभ्यास र थेसिससमेत गर्नेछन् । साथै बजारलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा सहयोगी हुनेछ ।

त्यस्तै, यस परियोजनामार्फत एउटा शैक्षिक पाठ्यपुस्तकको विकास गर्ने फोहोरबाट ग्यास, एसिड, विद्युतलगायतका जीवनउपयोगी वस्तु कसरी उत्पादन गर्न सकिन्छ भनेर निर्देशिका पनि तयार गर्ने योजना रहेको डा. घिमिरेले जानकारी दिए ।

यस परियोजनाको औद्योगिक पार्टनरको रुपमा सोयल, वाटर एण्ड एयर टेस्टिङ ल्याबोरेटोरिज रहेको छ । यसले अनुसन्धानको लागि प्रयोगशाला उपलब्ध गराउनेछ । त्यस्तै, अनुसन्धानबाट आएको निष्कर्षहरुलाई बजारसम्म पुर्याउनको लागि सहयोगी भुमिका खेल्ने ल्याबोरेटोरिजका प्रबन्ध निर्देशक लोकेश सापकोटाले बताए ।

यस अध्ययनबाट आएका उपलब्धीहरुलाई बजारसम्म लैजाने योजना छ । ‘यसकारण यस आयोजनालाई प्रयोगशालादेखि बजारसम्मको अवधारणालाई आत्मसाथ गरेको छ’ आयोजनाको नेतृत्व गरेका काठमाडौं विश्वविद्यालयको इन्भारोमेण्टल इञ्जिनियरिङका सहायक प्राध्यापक डा. अनिश घिमिरेले भने ।

इनरजाइजनेपालका कार्यक्रम व्यवस्थापक डा. विजय थापाले यस परियोजनाले विश्वविद्यालयको अनुसन्धान क्षमता वृद्धि गर्ने बताए । साथै इनर्जाइज नेपाल औद्योगिक प्रयोगमा आउने सक्ने अनुसन्धानलाई प्राथमिकता दिन उल्लेख गरे । ‘हामीले समस्यामा आधारित अध्ययनमा जोड दिएको र अध्ययनले समस्यालाई सामाधान गरोस भन्ने चाहेका छौं’ उनले भने । यस अध्ययनले नेपालमा प्रयोगशाला स्थापना र त्यसलाई अझ विस्तार गर्न सहयोग पुग्नेछ ।

बुधबार परियोजना थालनीको अवसरमा आयोजित कार्यशालामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकाल ले फोहोर भनिरहेको वस्तुलाई स्रोतको रुपमा प्रयोग गर्ने विषय महत्वपूर्ण रहेको बताए । अहिले केन्द्रको पनि फोहोरबाट ऊर्जा उत्पादन गर्ने विषय प्राथमिकतामा रहको उल्लेख गरे ।

प्रयोगशालामा निकालिएको निष्कर्षलाई फिल्डमा लैजानको लागि नमूना परिक्षण आवश्यक पर्छ । ‘प्रयोगशालामा निकालिएको निष्कर्षलाई नमूना परिक्षण (पाइलटिङ) गर्ने र त्यसलाई उद्योगमा लैजाने विषयलाई ध्यान दिनुपर्नेछ’ उनले भने ।

नर्वेको साउथइस्टर्न विश्वविद्यालयका एसोसियट प्राध्यापक डा. नविन अर्यालले कार्वनडाइअक्साइडले गरेको असरबारे धेरै छलफल भए पनि समाधानबारे पर्याप्त छलफल नभएको बताए । यसलाई प्रभावकारी उपयोग र न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

अबको समय सर्कुलर अर्थतन्त्रलाई बढवा दिने गरि अनुसन्धान केन्द्रित भइरहेको उनको भनाइ छ । अहिले एक पटक प्रयोग गरेको वस्तु पुनः प्रयोग हुदैन भन्ने छ । तर, यसमा पुन प्रयोगलाई उच्च प्राथमिकता दिन थालिएको छ ।


Read Previous

बागलुङका ग्रामीण क्षेत्रकाे विद्युतीकरण लघु जलविद्युतकाे भरमा

Read Next

२५ बैंक ४ अर्ब ६७ करोड ब्याजबापत लिएकाे रकम फिर्ता गर्दै,एनआइसी एसियाकाे भागमा ४८ कराेड

Leave a Reply

Your email address will not be published.