Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

आइडिया स्टुडियो नेपालले सार्वजनिक गर्यो तीन ‘प्रडक्ट’


काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न सिजनका आइडिएटरले विकास गरेका तीन वटा प्रडक्ट सार्वजनिक गरेको छ । आइतबार राजधानीनमा आयोजित पत्रकार सम्मेलनमार्फत ती प्रडक्ट सार्वजनिक गरिएको हो ।

आइडिया स्टुडियो सिजन ५ का आइडिएटर डा. भीम प्रसाद काफ्लेले विकास गरेको ‘न्यानो प्याड’, कलेज आइडिया हन्ट २०२२ का आइडिएटर्स अनिश गिरी, देवी कमारी गिरी, नारायण थापा मगर र यमनाथ गिरीले विकास गरेको ‘बायो ग्रीन’ रहेका छन् ।

त्यस्तै, प्रशन्ना स्याउला र प्रज्वल जोशीले विकास गरेको ‘वी फर नेचर’ सार्वजनिक गरिएको छ ।

न्यनोप्याड
न्यनोप्याड आइडिएटर डा. भीम प्रसाद काफ्लेले तयार गरेका हुन् । न्यानोप्याड पुनः प्रयोग गरेर तताउने एक यन्त्र हो ।

यो जुनसुकै बेला र जहाँसुकै प्रयोग गर्दा साधारण मेटल फ्लेक्सको साथ तुरुन्तै ‘अन’ गर्न सकिन्छ । न्यानोप्याड सक्रिय भएपछि डेढ घण्टाको लागि न्यानो रहन्छ ।

न्यानोप्याड जाडो मौसममा वृद्धाहरुको र सुत्केरीको लागी उपयोगी छ । न्यनोप्याड सबै अन्तर्राष्ट्रिय संस्थाहरुबाट स्वीकृत लिइसकेको तर नेपालमा भने लिन बाँकी रहेको उत्पादन हो ।

बजारमा उत्पादनहरू पठाउनु अघि छाला चिकित्सक र अर्थोपेडिक्स द्वारा प्रमाणित गर्ने र प्रमाणित भइसकेपछि बजारमा पठाउने तयारी छ । न्यनोप्याडले ५५ डिग्री सेल्सियसको तापक्रम प्रदान गर्छ ।

वी फर नेचर
वी फर नेचरका टीमले प्रयोग भएका अथवा फाल्नको लागि राखिएको जिन्स, कटराइजका कपडाको प्रयोग गरेर जुत्ता, चप्पल, ह्यान्ड ब्याग लगायतका सामान तयार गरेका छन् ।

वी फर नेचर भन्ने अवधारणाका साथ उनीहरुले फाल्नको लागि राखिएका कपडाहरु कच्चा पदार्थको रुपमा प्रयोग गर्ने र तिनीहरुलाई उपयोगी उत्पादहरुमा रुपान्तरण गर्नेछन् ।

रुपान्तरण गरिएका नयाँ सामानहरु हाम्रो दैनिक जीवनमा प्रयोग गर्न मिल्नेछ । आफ्नो प्रडक्ट लञ्च गर्न आइडिया स्टुडिया एक राम्रो प्लेटफर्म भएको आइडिएटर प्रज्वल जोशीले बताए । लन्च गरिएका प्रडक्ट खरिद गर्नको लागी सोसल मिडिया पेज ‘वी फर नेचर’ मा अर्डर गर्न सकिनेछ ।

बायो ग्रीन
कलेज आइडिया हन्ट २०२२ का आइडिएटरहरुले यो प्रडक्ट तयार गरेका हुन् । बायो ग्रीन भन्नाले नयाँ अंकुरित जरा भएका अपरिपक्व बिरुवाहरु हुन् ।

जुन कोटिलेडन र पातहरु सामान्यतया बीउ रोपेको १० देखि १४ दिनको बीचमा तरकारीको रुपमा प्रयोग गर्न तयार हुन्छ । बायो ग्रीनअन्तर्गत रातो मूली, रातो गोभी, मेथी, अनाज, जौ, तोरीलगायतका तरकारीहरू फलाइएका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रबाट स्वीकृति पाइसकेपछि २ वर्षको अनुसन्धान पश्चात साकाहारी र मांसाहारी दुवैको स्वास्थ्यको लागी नै बायोग्रीन उपयोगी भएको आइडिएटर यमनाथ गिरीले बताए ।

उनीहरुको उत्पादन खरिद गर्न अनलाइन र फेसबुक पेजमा सम्पर्क गर्न सकिन्छ र उत्पादन केन्द्रमा गएर पनि खरिद गर्न सकिने बताएका छन् ।


Read Previous

३८ वर्षपछि नेपालगञ्ज क्षेत्रकाे विद्युत माग ८ सय मेगावाट पुग्ने,संरचना विस्तारमा प्राधिकरणकाे लगानी

Read Next

ठमेल क्षेत्रमा अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु

Leave a Reply

Your email address will not be published.