Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

जयनगर–कुर्था रेल सेवा ३ दिन तोकिएको सिफ्टभन्दा बाहेक सञ्चालन हुने


जयनगर–कुर्था रेलमार्गमा भोली (सोमबार) देखि तीन दिन यात्रुको सुविधाअनुसार निर्धारित सिफ्टभन्दा बाहेक (अनटाइम्ली) रेल सेवा सञ्चालन गरिने भएको छ ।

कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जानकारी दिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले सूचना जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई ध्यानमा राखेर सेवा सञ्चालन गर्न लागेको बताए ।

कार्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो संख्यामा नेपालका विभिन्न स्थानबाट तथा भारतीय सहरबाट समेत तीर्थालु आउँदा यात्रुको चाप बढ्नसक्ने भएकाले यस्तो अवस्था गर्न लागिएको हो ।

‘जतिबेला यात्रु आउँछन्, त्यतिबेला नै रेल चलाउँछौं’, उनले भने, ‘यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ, तीन दिन यात्रुलाई यातायातको कुनै समस्या हुन दिँदैनौँ, रेल अनटाइम्ली चलाउँछौं, उनले भने ।

जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

सो मार्गमा चल्ने रेल सेवाको २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर–कुर्था रेलमार्गमा रेल सेवाको शुभारम्भ गरेका थिए । त्यसयता निर्धारित समयतालिकाअनुसार नै नियमित रेल चल्दै आएको झाको भनाइ छ ।

उनका अनुसार जयनगरबाट ८ः३० र ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने गरेको छ । लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दंग छन् ।

रेल चल्न थालेसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने स्थानीयको विश्वास छ । रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट रहेका छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् ।

भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर करिब २ वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले दुवै सेट रेल सञ्चालनमा छ ।

रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जीनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए ।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रुपैयाँ भाडादर तोकिएको छ । एसीका लागि भने त्यसको पाँच गुणा अर्थात ४५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वतः भाडादर त्योभन्दा कम हुनेछ । –(रासस)


Read Previous

तालपोखरामा आन्तरिक पर्यटकसँगै आम्दानी पनि बढ्यो

Read Next

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिंकको सहयोग

Leave a Reply

Your email address will not be published.