Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

ललितपुरमा पर्यावरणमैत्री पूर्वाधार निर्माण गरिने


काठामाडौं । ललितपुर ३ नम्बर क्षेत्रबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार रहेकी ऊर्जा, जलस्रोत थता सिँचाइ मन्त्री पम्फा भुसालले ललितपुरमा पर्यावरणमैत्री पूर्वाधार निर्माण गरिने बताएकी छन् ।

आगामी ५ वर्षको लागि ‘भिजन पेपर’ सार्वजनिक गर्दै उनले पर्यावरणमैत्री पूर्वाधार विकास गर्ने र ललितपुरबासीले गर्व गर्न लायक शहर निर्माण गर्न प्रतिवद्ध रहेको बताइन् ।

त्यसको लागि निर्माणाधीन बाग्मती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने, विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने, गुणस्तरीय सुरक्षित सडक र सुविधा सम्पन्न यातायात व्यवस्था गरिने भिजन पेपरमा उल्लेख छ ।

यस्तै, अध्ययन सम्पन्न भएका स्थान (ग्वार्को, सातदोबाटो र एकान्तकुना) मा फ्लाइओभर निर्माण गरिने, स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग÷स्थानीय स्रोतको सामुदायिकीकरण गरिने उल्लेख गरेकी छन् ।

स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनकोे प्रवद्र्धन गरिने, जनसहभागितामुलक सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने, कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन तथा बजारीकरण गरिने विषय पनि भिजन पेपरमा समावेस गरिएको छ ।

पर्यटनमा आधारित अर्थतन्त्र

मन्त्री पम्फा भुसालले ललितपुरको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग व्यापक परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने उल्लेख गरेकी छन् ।

त्यस्तै, ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार गरिने, रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने र हस्तकला (मूर्ति, काष्ठ, चित्र) केन्द्रहरूको स्तरोन्नति गरिने भिजन पेपरमा उल्लेख छ ।

पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गरिने, स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनःनिर्माण, संरक्षण र उपयोग गरिने र पर्यटन उद्यमलाई प्रोत्साहन गरिनेसमेत प्रतिवद्धता गरेकी छन् ।


Read Previous

‘भोलिको सहर’ लाई विपद् जोखिममुक्त बनाउन सरोकारवालाको ध्यान जानुपर्ने

Read Next

क्यान महासंघका अध्यक्ष असोसियोको उपाध्यक्षमा निर्वाचित

Leave a Reply

Your email address will not be published.