Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

क्यान महासंघका अध्यक्ष असोसियोको उपाध्यक्षमा निर्वाचित


काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष नवराज कुंवर एशियन (ओसियन कम्प्युटिङ ईण्डष्ट्री अर्गनाईजेशन (असोसियो) को २०२३–२४ कार्यकालको लागि उपाध्यक्षमा निर्वाचित भएका छन् ।

सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुंवर सो पदमा निर्वाचित भएका हुन् । यसअघि उनी सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सह–उपाध्यक्षको जिम्मेवारीमा थिए । कुंवर सन् २०१९ मा क्यान महासंघको अध्यक्ष निर्वाचित हुनुभएको हो ।

इन्फर्मेशन सर्भिस इण्डष्ट्री एशोसियसन ताईवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय समितिमा नेपाल लगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हङकङ, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन् ।

एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सुचना तथा संचार प्रविधि सम्बन्धी काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो ।

कुंवर उपाध्यक्षमा निर्वाचित भएकोमा क्यान महासंघले सफल कार्यकालको कामना गरेको छ । साथै, असोसियोमा उनको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सुचना तथा संचार प्रविधि मार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मदत पुग्ने विश्वास छ ।


Read Previous

ललितपुरमा पर्यावरणमैत्री पूर्वाधार निर्माण गरिने

Read Next

क्षतिपूर्ति नदिइँदा नारायणगढ-मुग्लिन सडक खण्डका पुल निर्माणमा ढिलाइ  

Leave a Reply

Your email address will not be published.