Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

एनएचपिसीलाई पश्चिम सेती आयोजनाको अध्ययन अनुमतिपत्र हस्तान्तरण


काठमाडौं । भारत सरकारकाे स्वामित्व रहेकाे नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपिसी) ले पश्चिम सेती जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र पाएको छ । लगानी बोर्ड नेपालले बिहीबार एनएचपिसीको नाममा आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपिसीका उप–महाप्रबन्धक अशोककुमार जोशीलाई आयोजनाको अध्ययन अनुमतित्र हस्तान्तरण गरेका छन् । एनएचपिसीले आवेदन पेश गरेपछि अध्ययन अनुमतिपत्र जारी गरेकाे भट्टले जानकारी दिए ।

‘एनएचपिसीले गत असाेज ११ गते आयाेजनाकाे अध्ययन अनुमतिपत्र पाउँ भनेर आवेदन दिएकाे थियाे । सबै प्रक्रिया पूरा गरेर बिहीबार आयाेजनाकाे अध्ययन अनुमतिपत्र दिएका छाैं’ उनले भने । अध्ययन अनुमतिपत्र हस्तान्रण गर्दै भट्टले तोकिएको अवधिभित्र आयोजनाको अध्ययन सम्पन्न गर्न आग्रह समेत गरेकाे उनले बताए ।

आयोजनाको अनुमतिपत्र लिएको एनएचपिसीले अबको ३ महिनात्रिमा प्रारम्भिक प्रतिवेदन तयार गरी बोर्डमा बुझाउनु पर्नेछ । अनुमतिपत्र जारी भएको मितिले २१ महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बुझाउनु पर्ने समय तोकिएको बोर्डले जनाएको छ ।

पश्चिम सेती भारतीय कम्पनीलाई दिन बोर्ड र एनएचपिसीबीच गत भदौ २ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र आवेदन दिनुपर्ने सर्त राखिएकोमा एनएचपिसीले आवेदन दिएपछि बोर्डले अध्ययन अनुमतिपत्र दिएको हो ।

लगानी बोर्डको गत साउन २३ गते बसेको ५२औं बैठकले पश्चिम सेती एनएचपिसीलाई निर्माण गर्न दिने निर्णय गरेको थियो । एनएचपिसीले आयोजनाले उत्पादन गर्ने २१.९ प्रतिशत विद्युत नेपाललाई निशुल्क दिनेछ । पश्चिम सेती अष्ट्रेलियन, चिनियाँ हुँदै पछिल्लो पटक भारतीय कम्पनीको हातमा पुगेको हो । पश्चिम सेती निर्माण गर्न १ खर्ब ६८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

अष्ट्रेलियन कम्पनी स्मेकले बनाउन नसकेपछि अनुमतिपत्र खारेज गरेर चिनियाँ कम्पनीलाई दिइएको थियो । तर, चिनियाँ कम्पनीले समेत लामो समयसम्म आयोजना ओगटेर मात्रै बसेपछि भारतीय कम्पनीलाई दिइएको हो ।

एनएचपिसीले निर्माण गर्ने यो आयोजनाको विद्युत सोझै भारतीय बजारमा लगेर बिक्री गरिनेछ । एनएचपिसीले आयोजनाको विद्युत बिक्री गर्न भारतको पावर ट्रेडिङ कम्पनी (पिटिसी) सँग समझदारी समेत गरिसकेको छ । पिटिसीले आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत एनएचपिसीसँग खरिद गरी भारत तथा छिमेकी देशहरूमा बिक्री वितरण गर्ने समझदारी छ ।


Read Previous

विश्वकै ठूलो ब्याट्री स्टाेरेज आयोजना सञ्चालनमा

Read Next

१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

Leave a Reply

Your email address will not be published.