Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

अन्तर्राष्ट्रिय व्यापार कानून र अर्थशास्त्रको ज्ञान विकासका लागि केयुमा ‘डब्लूटीओ चेयर’


काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा डब्लूटीओ चेयर प्रोग्राम (डब्लूसीपी)को सुरु गरिएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मूख्यसचिव शंकरदास बैरागीले कुसोममा डब्लूटीओ चेयरको उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय व्यापार कानून र अर्थशास्त्रको ज्ञान बढाउने उद्देश्य लिइएको सो कार्यक्रमले विश्व व्यापार संगठनका सदस्यहरुको बहुपक्षीय व्यापार प्रणालीमा पूर्ण सहभागीतालाई सहज बनाउने लक्ष्यका लागि शेक्षिक संस्थालाई वित्तीय तथा प्राविधिक सहायता उपलब्ध गराउने गरेको छ । कार्यक्रम नेपालमा ल्याउनु गर्वको विषय भएको डब्लूसीपी नेपालका सहअध्यक्ष तथा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले बताए । उनका अनुसार डब्लूसीपी आगामी चार वर्ष (सन् २०२२–२०२६) कुसोममार्फत सञ्चालन हुने छ । कार्यक्रम अन्र्तगत पाठ्यक्रम विकास र शिक्षण, अनुसन्धान र क्षमता अभिवृद्धिको काम हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै मूख्यसचिव शंकरदास बैरागीले शैक्षिक, अनुसन्धानका माध्यमबाट व्यापारको क्षेत्रमा नयाँ नयाँ सोचको सिर्जना गर्न चेयर कार्यक्रमले भूमिका खेल्ने बताए । उनले यो कार्यक्रमको सफलताका लागि नेपाल सरकारको दरिलो साथ रहने समेत आश्वान दिए । सन् २००४ मा नेपाल डब्लूटीओको सदस्य बनेको स्मरण गराउँदै उनले नेपाल अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यका रुपमा काम गरिरहेको समेत उल्लेख गरे ।

डब्लूटीओको सदस्य बन्दा नेपालको अपेक्षा र वास्तविकताका बीच अन्तर रहेको उल्लेख गर्दै उनले चेयर कार्यक्रमले नेपालजस्ता विकासोन्मुख मुलुकलाई अन्तर्राष्ट्रिय व्यापार र कानूनका जटिलता चिर्न सहयोगी बन्ने अपेक्षा समेत गरे । उनले नेपालको सन्दर्भमा व्यापार घाटा मूख्य समस्या भएको भन्दै यसमा निजी क्षेत्रको भूमिका समेत महत्वपूर्ण हुने बताए । यद्दपी पछिल्लो अन्तर्राष्ट्रिय परिदृष्यले ‘डुइङ विजनेशको मूल्य’ बढ्दा प्रतिस्पर्धी क्षमता भएको स्वीकार समेत गरे ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले डब्लूसीपी नेपालमा आउनु आफैमा गर्वको विषय भएको बताए । सबैको साथ र सहभागितामार्फत तोकिएका लक्ष्य प्राप्त गर्न कट्टिवद्ध रहेको समेत उनको भनाई छ । डब्लूटीओसँगको साझेदारीले शैक्षिक उत्कृष्टता, अनुसन्धान र पहुँच बढाउने उद्देश्य प्राप्तीमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

विश्व व्यापार संगठनका उपमहानिर्देशक जियाङ्ग झाङ्गले यस्तो नेटवर्कबाट विचारहरुको अन्तर विजारोपणका साथ ज्ञानलाई बढावा दिई त्यसको अधिक आदान–प्रदान गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा दाता मुलुकका तर्फबाट अष्ट्रियाको डिजिटल तथा आर्थिक मामिला मन्त्रालयका महानिर्देशक सिन्थिया जिम्मरम्यानले शैक्षिक विधेषज्ञताको पूँजीकरणमार्फत क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताइन् । डब्लूटीओ चेयर प्रोग्रामकी शैक्षिक बोर्ड सदस्य डेसिरी भान गोर्पले कुसोममार्फत तोकिएका क्षेत्रमा आक्रामक नतिजा प्राप्त हुने अपेक्षा व्यक्त गरिन् । डब्लूटीओ चेयर प्रोग्रामका ज्ञान व्यवस्थापन महाशाखाका निर्देशक डा. वर्नर जडुकले ग्रामिण उद्यमी र शिक्षकहरुका बीचमा ज्ञान फैलाउन नेपालले गरिरहेको तयारीको प्रसंशा गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्लूटीआको सदस्य हुँदा नेपालको निजी क्षेत्र सबैभन्दा उत्साहित भएको स्मरण गराउँदै आज त्यसअनुसारको नतिजा नदेखिएको बताए । व्यवसायमा रहेका अवरोध पहिचान गरी यससँग सम्बन्धित समस्या समाधानमा निजी क्षेत्र, शिक्षाविद् र सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । उनले आयात–निर्यातको कहालीलाग्दो तथ्यांक प्रस्तुत गर्दै यसबीचमा नेपालले भोग्नु परेका समस्यालाई समेत स्मरण गराए ।


Read Previous

साढे १७ प्रतिशत नेपाली बहुआयमिक गरिबीको रेखामुनि

Read Next

भाेजपुरका ५० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच   

Leave a Reply

Your email address will not be published.