Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

मनास्लु हिमाल चढ्ने आकर्षण, आरोहण अनुमति लिनको संख्या साढे ४ सय नाघ्यो


काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति लिने आरोहीको संख्या ४ सय ५४ जना पुगेको छ ।

पर्यटन विभागका अनुसार यो संख्या वुधबारसम्म अनुमति लिएका आरोही हुन । अटम सिजन (शरद ऋतु) मा ८ हिमाल आरोहणको लागि ४८ समूहले अनुमति लिएका छन् । ती समुहमा ३ सय ४४ जना पुरुष र १ सय १० महिला रहेका छन् ।

मनास्लु हिमाल चढ्ने आकर्षण
पर्यटन विभागले दिएको तथ्यांकअनुसार आरोहीमा मनास्लु हिमाल चढ्ने आकर्षण देखिएको छ । कुल ८ हजार १६३ मिटर अग्लो यो हिमाल चढ्न अनुमति लिनको संख्या ३ सय ९४ जना रहेको छ ।

यो कुल अनुमति लिने संख्याको ८७ प्रतिशत हो । त्यस्तै, सरीबुंङ (६३४६ मिटर) हिमाल चढ्नेको संख्या सबैभन्दा न्यून १ जना मात्र रहेको छ ।

तथ्यांकअनुसार धौलागिरी (८१६७ मि) मा ३४ जना, हिम्लुङ हिमाल (७१२६ मि) ७ जना, सगरमाथा (८८४८.८६ मि) को लागि ५ जनाले अनुमति लिएका छन् । नुप्त्से (७८५५ मि) को लागि ५, कुम्भकर्ण (७७१० मिटर) ४ जना र गनचेन्पो (६३७८ मि) ४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

आरोहन रोयल्टीबापत ५ करोड जम्मा

पर्यटन विभागले दिएको जानकारीअुनसार हिमाल आरोहन बापत ५ करोड ३२ लाख २७ हजार जम्मा भएको छ । सबैभन्दा बढी रोयल्टी मनास्लु हिमालबाट ४ करोड ५१ लाख रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, सरीबुंङ हिमालको कुल १५ हजार ८७७ रुपैयाँ उठेको छ । सबैभन्दा उच्च चुचुरो सगरमाथामा अहिलेसम्म ३५ लाख ३ हजार ५ सय रुपैयाँ मात्र रोयल्टी जम्मा भएको छ ।


Read Previous

चेपेखोलाबाट विद्युत उत्पादन सुरु, ८.६ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

Read Next

पिपिए सहमतिका लागि माथिल्लो तमोर र कालीगण्डकी गर्जको सार्वजनिक सुनुवाई हुँदै

Leave a Reply

Your email address will not be published.