Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

अरुण-३ काे भाैतिक प्रगति ६२ प्रतिशत,लक्ष्य अगाडि नै विद्युत उत्पादनकाे तयारी


काठमाडौं । भारतीय लगानीमा संखुवासभाको अरुण नदीमा निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजना ६२ प्रतिशत पूरा भएको छ । एसजेभिन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको आयोजनाको यति भौतिक प्रगति भएको हो ।

आयोजनाका सबै संरचनामा एकसाथ काम भइरहेको प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए । उनका अनुसार आयोजनाको निर्माणलाई तीव्र पारेकाले राम्रो भौतिक प्रगति देखिएको छ ।

‘सतलज विद्युत निगम (एसजेभिएन) भारतको सार्वजनिक निजी क्षेत्र हो,’ उनले लगानी बोर्ड नेपालले राजधानीमा आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरम २०२२ कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘१४ वर्ष अगाडि नेपाल आएको एसजेभिएनले लगानी गरेको जलविद्युत आयोजना पूरा हुने चरणतर्फ अगाडि बढिरहेको छ ।’

उनले यो आयोजना सम्पन्न गर्न २०२५ सम्मको तालिका भएपनि आर्थिक वर्ष २०२३/२४ भित्रै सम्पन्न गर्ने गरी काम भइरहेको बताए । उनले अहिलेसम्मको निर्माण प्रगतिले लक्ष्यभन्दा अगाडि नै आयोजना सम्पन्न गर्न सकिने अवस्था रहेको दाबी गरे ।

भारतमा विद्युत लैजाने उद्देश्यले यो आयोजना निर्माण भइरहेको हो । भारतको प्रत्यक्ष लगानीमा बनेको आयोजनाको विद्युत भारतीय बजारसम्म पुर्याउन ४०० केभी उच्च क्षमताको २१७ किलोमिटर प्रसारण लाइन पनि एसजेभिएनले निर्माण गरिरहेको उनले जानकारी दिए ।

प्रसारण लाइनको रुट धेरै जिल्ला भएर जाने हुँदा बिच–बिचमा आउने समस्या समाधानका लागि लगानी बोर्ड र सम्बन्धित मन्त्रालयमा कुरा राख्दा सहयोग प्राप्त गरेको धिमकले बताए । प्रसारण लाइनतर्फ अहिलेसम्म २१ प्रतिशत काम सम्पन्न भइसकेको पनि उनले बताए ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा नेपालले कूल जडित क्षमताको २१ प्रतिशत (१९७ मेगावाट) विद्युत नेपालले निशुल्क प्राप्त गर्नेछ । सतलजलाई २५ वर्षको उत्पादन अनुमतिपत्र दिइएकाले त्यसपछि स्वतः यो आयोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ ।

निर्माणाधीन आयोजनामा आवश्यक ७० प्रतिशत कामदार नेपाली छन् । आयोजनाको निर्माणले स्थानीय क्षेत्रको अर्थतन्त्र पनि चलायमान भएको उनले बताए । एसजेभिएनले अनुमतिपत्र लिएको तल्लो अरुण पनि अरुण-३ कै गतिमा निर्माण गर्ने उनले दाबी गरे ।

यो प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भएको अहिलेसम्मको ठूलो आयोजना हो । जलविद्युत आयोजना र प्रसारण लाइन निर्माण गर्दा १.६ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ । एसजेभिएन भारत सकारको स्वामित्व भएको कम्पनी हो ।

एसजेभिएनसँग निर्माण सम्पन्न भइसकेका, निर्माणाधीन र अब निर्माणमा जाने गरी ४२ हजार मेगावाट बढीका विद्युत आयोजना छन् । सन् २०२३ भित्र विद्युत उत्पादन ५ हजार मेगावाट र सन् २०४० भित्र ५० हजार मेगावाट पुर्याउने एसजेभिएनको लक्ष्य छ ।

अरुण-३ आयोजनालाई लगानी बाेर्डकाे सम्मान 

लगानी बोर्ड नेपालले अरुण-३ आयोजनालाई सम्मान गरेकाे छ । बाेर्डले आयोजना  गरेको ‘दिगो पूर्वाधार लगानी फोरम २०२२’ मा सम्मान गरेकाे हाे । नेपालमा ऊर्जा क्षेत्रकाे विकासमा गरेकाे महत्वपूर्ण याेगदानकाे लागि टाेकन अफ एप्रिसियसन प्रदान गरेर सम्मान गरेकाे हाे ।


Read Previous

पन्ध्रौ पञ्च बर्षीय योजना कार्यान्वयन गर्न ७९ अर्ब डलर लगानी आवश्यकः प्रधानमन्त्री

Read Next

निजी क्षेत्र प्रोत्साहित हुने गरी काम गर्छु : महानिर्देशक चटौत

Leave a Reply

Your email address will not be published.