Nepal Purbadhar

केरुङ–काठमाडौं रेलको विस्तृत अध्ययन कार्य अघि बढाउने चिनीया आश्वासन


काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जन कांग्रेसका अध्यक्ष लि चांग्शुले केरुङ काठमाडौं रेलको विस्तृत अध्ययन कार्य अघि बढाउने आश्वासन दिएका छन । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँगको भेटमा उनले रेलको विस्तृत अध्ययन अघि बढाउने आश्वासन दिएका हुन ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले विगतमा भएको बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुंग–काठमाडौ) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीहरुले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजनाहरु पुनःसंचालन तथा चाडवाडको समयमा बन्द रहेका तातोपानी, केरुङ, कोराला लगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न अनुरोध गरे ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षले अनुरोधलाई समर्थन गर्दै छिट्टै पुरा गर्ने आश्वासन दिएको संघीय संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसअघि राष्ट्रय सभाका अध्यक्ष तिमिल्सिनाले संसद भवन वानेश्वरमा चीनका राष्ट्रिय जन कांग्रेसका अध्यक्ष लि चांग्शुलगायतको प्रतिनिधी मण्डललाई स्वागत गरेका थिए ।

दुई पक्षीय वार्तामा राष्ट्रिय सभाको प्रतिनिधि मण्डलको तर्फबाट राष्ट्रिय सभाका अध्यक्षले नेतृत्व गरेका थिए भने चिनियाँ पक्षबाट राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चांग्शुको नेतृत्वमा प्रतिनिधि मण्डल सहभागी भएको थियो । नेपालको तर्फबाट १८ सदस्यीय प्रतिनिधी मण्डलमा सहभागी थिए ।

दुई पक्षीय वार्ता करिब एक घण्टा चलेको थियो । विकास तथा आपसी सहयोग आदान प्रदान सम्बन्धमा निरन्तर अघि बढ्ने कुरामा दुवै तर्फबाट प्रतिबद्धता व्यक्त भएको थियो ।

Facebook Comments

Read Previous

एक्सपर्ट हाइड्रोलाई सानीभेरीको उत्पादन अनुमतिपत्र दिने विभागको तयारी,४२ महिनामा बिजुली बल्ने

Read Next

एनसेलले ल्यायो दशैं रिचार्ज बोनस, १ सय माथिको हरेक रिचार्जमा बोनस ब्यालेन्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar