Nepal Purbadhar

एनएमबि र बीआइआइ बीच साढे २ करोड डलर आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता


काठमाडौँ । एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआइआइ) बाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।

एनएमबि बैंक बीआइआइबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्नेछ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र

सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुने बताए । साथै बैंकले लिएको दिगो बैंकिंङको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

Facebook Comments

Read Previous

वन क्षेत्रमा पर्ने आयोजनालाई सहजीकरण गरिदिन वन मन्त्रीसँग इप्पानको ११ बुँदे माग

Read Next

ऊर्जा मन्त्रीले गरिन चार्जिङ स्टेशन उद्घाटन, प्रति किलोमिटर कारलाई ७० पैसा र बसलाई १ रुपैयाँ खर्च हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar