Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

जलविद्युतगृह सञ्चालन तथा मर्मत प्रशिक्षण कार्यक्रमका लागि त्रिपक्षीय समझदारी


काठमाडौं । जलविद्युत आयोजना सञ्चालन तथा मर्मतका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी (एमओयु) भएको छ । धादिङको धुनीबेंसीस्थित जर्मन प्राविधिक शिक्षालयमा जलविद्युत आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण सञ्चालन एवं मर्मत गर्ने प्रशिक्षण कार्यक्रमका लागि काठमाडौं विश्व विद्यालय (केयु), नेपाल हाइड्रोपावर एकेडेमी (एनएचए) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) बीच बिहीबार सझदारीमा हस्ताक्षर भएको हो ।

जर्मन प्राविधिक शिक्षालयमा नियमित प्रशिक्षण सञ्चालन गर्न केयुको प्राविधिक प्रशिक्षण सेन्टर र इपानसँग समझदारी गरेको एनएचएका कार्यक्रम व्यवस्थापक मानस घिमिरेले बताए । उनले शिक्षालयमा १५ दिन र ३ महिनाको गरी २ प्रकारको प्रशिक्षण कार्यक्रम राखिने बताए ।

‘जलविद्युत आयोजनामा हाइड्रो तथा इलेकट्रोमेकानिकल उपकरण सञ्चालनको अनुभव भएकाहरूका लागि १५ दिनको प्रशिक्षण राख्नेछौं,’ उनले नेपाल पूर्वाधारसँग भने,‘भर्खरै इन्जिनियरिङ अध्ययन पूरा गरेका, तर कामको अनुभव नभएका विद्यार्थीका लागि ३ महिनाको प्रशिक्षण हुन्छ ।’

उनले समझदारीअनुसार प्रशिक्षणको अवधि पूरा गरेका प्रशिक्षार्थीका लागि केयु र एनएचएको संयुक्त प्रमाणपत्र दिइने बताए । केयुमा अध्ययनरत विद्यार्थी प्रशिक्षणका लागि शिक्षालयमा आउन सक्ने छन् भने शिक्षालयमा प्रशिक्षण लिइरहेका प्रशिक्षार्थी पनि केयुमा थप अध्ययन गर्न जान सक्ने वातावरण बन्ने उनले बताए ।

यस्तै, इपानले पशिक्षण पूरा गरेका नयाँ इन्जिनियरका लागि आफ्ना जलविद्युत केन्द्रहरूमा ‘इन्टर्नसिप’ गर्ने वातावरण तयार गर्नका लागि सहयोग पुर्याउने गरी समझदारी भएको घिमिरेले जानकारी दिए । अहिले समझदारी भएको र चाँडै सम्झौता सम्पन्न गरेर कार्यान्वयन प्रक्रियामा लगिने पनि उनले बताए । पहिलो प्रशिक्षण कार्यक्रम दशैं लगत्तै सुरु गर्ने गरी गृहकार्य सुरु गरिने उनले बताए ।

प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि इपान र युरोपको विभिन्न देशबाट प्राप्त सहयोगबाट आर्थिक स्रोत जुटाइने एनएचएका सल्लाहकार पवन ढकालले बताए । उनका अनुसार अहिले प्रशिक्षण कार्यक्रमका लागि आवश्यक पर्ने उपकरण भारतको कलकत्तामा हाएर रोकिएको छ ।

‘हाम्रो देशका जलविद्युत आयोजनाका लागि आवश्यक जनशक्ति स्वदेशमै उत्पादन गर्ने उद्देश्यले युरोपका विभिन्न देशबाट स्रोत जुटाएर प्रशिक्षण कार्यक्रम गर्न लागेको छौं । तर, प्रशिक्षण कार्यक्रमका लागि भनेर युरोपबाट पठाएको सामाग्री अर्थमन्त्रालयले ३ सातादेखि कलकत्तामा रोकिदिएको छ’ उनले भने ।

जलविद्युत क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले प्रशिक्षण सञ्चालनका लागि पठाइएका उपकरण भारतमा रोकिनु दुखःद भएको ढकालले गुनासो गरे । जलविद्युत आयोजनाका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गने उद्देश्यले सन् २०१९ मा शिक्षालयको स्थापना गरिएको हो । एनएचएको कार्यालय पनि शिक्षालयको पूर्वाधारमा राखिएको छ ।

जर्मनीस्थित विभिन्न कम्पनीको सहयोग र व्यक्तिगत सहयोगमा १५ करोड रुपैयाँ बढीका उपकरण शिक्षालयमा आइसकेका छन् । पछिल्लो पटकको आयातका क्रममा भने भारतमा उपकरण रोकिएका हुन् ।

शिक्षालयमा जलविद्युत क्षेत्रका लागि अत्यावश्यक किलाकाँटा उत्पादन गर्ने सिएनसीदेखि जलविद्युतगृहमा जडान हुने जेनेरेटर, हाइड्रोपावर सिमुलेटर लगायत उपकरणहरू राखिएको छ । शिक्षलयको प्रशिक्षण कार्यक्रमका लागि जलविद्युत आयोजना सञ्चालन तथा व्यवस्थापन, इलेक्ट्रोमेकानिकल प्रणालीमा आवश्यक मेसिनको जडान एवं सञ्चालन तथा हाइड्रोमेकानिकल कोर्ष निर्माण गरिएको छ ।

अहिले जलविद्युत उत्पादन भएपछि विद्युतगृह सञ्चालनका लागि जनशक्ति अभाव रहेको र कतिपय आयोजनाले विदेशबाट पनि ल्याउनु पर्ने अवस्था आउँदा शिक्षालयको प्रशिक्षण कार्यक्रमबाट यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।


Read Previous

‘संयुक्त पश्चिम सेती’ विकासक्रमले खोल्ने जलविद्युतको नयाँ ढोका

Read Next

उद्यम योजनाबारे आईडिया हन्ट २०२२ सुरु

Leave a Reply

Your email address will not be published.