काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । आइतबार काठमाडौमा दुवै बैंकबीच मर्जरमा जाने सम्झौता भएको हो ।
दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
मर्जरपछि बैंकको नाम प्रभु रहने र प्रमुख कार्यकारी अधिकृत (सिइओ) पनि प्रभु बैंककै अशोक शेरचनले पाउने सहमति भएको छ । दुवै बैंकबीच १ : १ को स्वाप रेसियोमा मर्जर गर्ने सहमति छ ।