Nepal Purbadhar

पश्चिम सेती भारतीय कम्पनीले लिए लगत्तै प्रसारण लाइनले गति लिँदै


काठमाडौ । १२ सय मेगावाटको संयुक्त पश्चिम सेती जलविद्युत आयोजना भारतीय कम्पनीले लिए लगत्तै चैनपुर–वनलेख–न्यू अत्तरिया प्रसारण लाइन आयोजनाले पनि गति लिने भएको छ ।

एक महिना अघि मन्त्री परिषदले सेती नदी–६ र पश्चिम सेती जलविद्युतलाई एकीकृत गरी निर्माण गरिएको संयुक्त पश्चिम सेती भारतीय सरकारी कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिकपावर कर्पोरेसन (एनएचपीसी) लाई दिने निर्णय गरेको थियो तर यो निर्णयसँगै सो प्रसारण लाइनको निर्माण कार्यले पनि गति लिन लागेको हो ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले भारत सरकारको लाइन अफ क्रेडिटमा सो आयोजना निर्माण गर्न लागेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीका अनुसार, सो प्रसारण लाइन निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय हुँदै अर्थ मन्त्रालयले भारतीय लाइन पनि क्रेडिटका लागि अनुरोध गरिसकेको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पश्चिम सेती आयोजना निर्माणको प्रकृया अघि बढेसँगै आगामी सन् २०२३ को जनओरीदेखिनै निर्माण कार्य सुरु गर्ने लक्ष्यसहित अघि बढेको उनले जानकारी दिए ।

उनका अनुसार, १५० किलोमिटर लामो सो प्रसारण लाइन आयोजनाबाट दुई हजार मेगावाट बराबर बिजुली प्रसारण गर्न सकिन्छ भने आयोजनाको लागत करिब १५ अर्ब अनुमान गरिएको छ ।

पश्चिम सेती भारतीय कम्पनीले र प्रसारण लाइन समेत भारत सरकारको लाइन अफ क्रेडिटमा आयोजना बनेपछि सो क्षेत्रका अन्य जलविद्युत आयोजनाहरु समेत अरुणकै मोडेलमा अघि बढ्ने सम्भावना देखिएको छ ।

Facebook Comments

Read Previous

सडक पुल निर्माण सम्पन्न हुनुअघि नै चर्किने समस्या बढ्दै, समाधान के ?

Read Next

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar